अधिकृतमसनिका ओहदामा १ हजार ३ सय ८८ पूर्वलडाकु उत्तीर्ण

८ आश्विन २०६९, सोमबार ०७:४८ मा प्रकाशित

काठमाडौं, ८ असोज । समायोजन रोजेका एमाओवादीका पूर्वलडाकुहरुमध्ये भर्ना छनोट प्रक्रियामा सहभागी १ हजार ३ सय ८८ पूर्वलडाकु अन्तिम परीक्षामा उत्तीर्ण भएका छन् । नेपाली सेनामा जाने निश्चित भएको उक्त संख्या अधिकृतभन्दामुनि पदका लागि उत्तीर्ण भएकाहरुको हो ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार लिखित र स्वास्थ्य परीक्षणमा उत्तीर्ण १ हजार ४ सय २ मध्ये अन्तर्वार्ताका क्रममा दस जना अनुपस्थित रहे भने चार जना अनुत्तीर्ण भए । अधिकृत पदमा समायोजनका लागि लिखित परीक्षामा उत्तीर्ण ७५ जनाको भने स्वास्थ्य परीक्षण तथा गुणमापन परीक्षा जारी छ । लडाकु रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको निर्णयअनुसार समायोजन मापदण्ड पूरा गरेका लडाकुलाई अब ४५ दिन घरबिदामा पठाइने छ ।
घरबिदामा रहे पनि उनीहरूले यसअघि लडाकुका रूपमा पाउँदै आएको रासन र भत्ताबापतको रकम पाउने छन् । घरबिदाबाट फर्केपछि सेनाले तोकेको स्थानमा उनीहरूको तालिम सुरु हुनेछ । तालिममा सहभागी भएपछि उनीहरूले आआफ्नो पदअनुसार अन्य सैनिकले पाउनेसरह सुविधा पाउने छन् भने उनीहरूको हकमा पनि सैनिक ऐन लागू हुनेछ । तालिमका क्रममा कोही भागे अब उनीहरूमाथि सैनिक ऐनअनुरूप कारबाही हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार