युएईमा दक्षिण एसियाली (शार्क) राष्ट्रहरुको सांस्कृतिक आदान प्रदान कार्यक्रम सम्पन्न

७ आश्विन २०६९, आईतवार २१:४४ मा प्रकाशित

डी. आर. गुरुङ, अबुधाबी । दक्षिण एसियाली (शार्क) राष्ट्रहरु भारत, पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका, माल्दिव्स, अफ्गानिस्तानका युएई स्थित राजदुताबासहरुको संयुक्त आयोजनामा गत २० सेप्टेम्बर २०१२ को दिन आबुधाबिको इन्डियन सोसिअल सेन्टरमा भब्यरुपमा “दक्षिण एसिया कल्चरल शो” सम्पन्न भएको छ । नेपाल लगायत अधिकांश दक्षिण एशिया सहयोग संगठन (शार्क ) राष्ट्रहरुको राजदुतहरु, अन्य विशिष्ट व्यक्तिहरु, साथै ठुलो संख्यामा युएईम़ा रहेका शार्क मुलुकका नागरीकहरुको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा अधिकांश शार्क मुलुकहरुको आ-आफ्नो मौलिक संस्कृति झल्काउने नृत्य तथा झाँकीहरु प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा नेपालको तर्फबाट पनि तमु समाज युएई क्षेत्रीय समिति आबुधाविका कलाकारहरु श्याम तमु, अमृत तमु, तारा बहादुर तमु, पवित्रा तमुस्यो, पुर्णिमा त मुस्यो, मिना तमुस्योले “पश्चिम कोहि पुर्व घर” बोलको राष्ट्रिय गितमा जोडदार सामुहिक नृत्य र सुनिल तमुले “म हुँ नेपाली बाबु” भन्ने गितमा आकर्षक एकल नृत्य प्रस्तुत गरि प्रतिनिधित्व गरेका थिए भने अन्य केहि नेपाली कलाकारहरुले पनि नेपालको तर्फबाट आफ्नो प्रस्तुति दिएका थिए ल् दक्षिण एसियाली राष्ट्रहरुको बिचमा सांस्कृतिक सद्भावलाई कायम राख्दै त्यसलाई अझ मजबुत बनाउने उदेश्यले आयोजित उक्त कार्यक्रममा नेपाली कलाकारहरुले नेपाली झन्डा फहराउदै “बुद्ध नेपालमा जन्मिएका हुन” भन्ने संदेश पनि प्रबाह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल