कानून कार्यान्वयनमा सौदावाजी नगरौं : प्रधानमन्त्री भट्टराई

७ आश्विन २०६९, आईतवार १९:४१ मा प्रकाशित

काठमाडौं, ७ असोज । प्रधानमन्त्री डा बाबुराम भट्टराईले लोककल्याणकारी राज्यको मान्यतालाई आफूले उच्च प्राथमिकता दिएको बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयको आइतबार अवलोकनपश्चात् आयोजित कार्यक्रममा प्रधानमन्त्री भट्टराईले सङ्घीयता, राज्य पुनःसंरचना, शासकीयस्वरूप, धर्म निरपेक्षता र समानुपातिक निर्वाचन प्रणालीलाई सम्बोधन गर्ने संविधान नबनेसम्म राष्ट्रिय एकता र लोकतन्त्र संस्थागत हुन नसक्ने तर्क गरे । राज्यका हरेक नीति र निर्णय कानुनद्वारा कार्यान्वयन हुने तथा कानुनको उच्च सम्मान, प्रयोग र कार्यान्वयनले मात्र मुलुकको विकास सम्भव हुने भएकाले यसको प्रयोगमा सौदाबाजी गर्न नहुने उनको भनाई थियो ।
यसैबीच जनकपुरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा मुलुकमा भ्रष्टाचार मौलाएको उल्लेख गर्दै यसबाट मुक्तिको लागि नयाँ शक्तिको आवश्यकता औंल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय जनशक्ति पार्टीको जिल्ला एकता अधिवेशनको आइतबार जनकपुरमा उद्‍घाटन गर्दै राप्रपा अध्यक्ष जबराले मुलुकको सम्पूर्ण क्षेत्र र निकायमा भ्रष्टाचार मौलाएको दाबी गर्दै भ्रष्टाचार रोक्न नयाँ शक्तिको आवश्यकता परेको बताए ।
उनले आफ्नो पार्टी मधेस र मधेसीको सच्चा हिमायती रहेको बताउंदै मधेस आन्दोलनलाई लिखित रूपमै समर्थन गर्ने राप्रपा नै रहेको दाबी पनि गरे ।

हाल पश्चिम नेपालको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्रलाई विभिन्न पार्टी र संघ संस्थाले अवरोध पुर्‍याएकोमा उनले दुखेसो पोखे ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार