‘एमाओवादी सरकार परिवर्तनबाहेक सबै गर्न तयार’ : अर्थमन्त्री पुन

७ आश्विन २०६९, आईतवार १९:२८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ७ असोज । अर्थमन्त्री बर्षमान पुनले संविधानसभाका बिवादित बिषयमा सहमति भए एकीकृत नेकपा माओवादी तत्काल सरकारको नेतृत्व छाड्न तयार रहेको बताएका छन् । संविधानका बिषयमा सहमति नगरि सरकार परिवर्तनको मात्र कुरा गर्ने हो भने एमाओवादीका पनि आफ्नै अडान रहेको उनले चेतावनी दिए ।
रुपन्देही ब्यापार संघको ११ औं साधारणसभाको बुटवलमा उद्घाटन गर्दै अर्थमन्त्री पुनले एमाओवादीलाई सर्वसत्तावादको आरोप लगाउने हो भने राष्ट्रपतिसहित प्रधानमन्त्री पनि लिन चाहने नेपाली कांग्रेसको रणनीतिमाथि पनि शंका गर्ने प्रशस्त ठाउं रहेको तर्क गरे । उनले संबिधानसभाबाट जनतालाई नयाँ संबिधान दिन नसक्नुमा ६०१ सभासदले जनतासमक्ष आत्मआलोचना गर्ने बिषय भएको बताए ।
रुपन्देही ब्यापार संघले पौष महिनामा आयोजना गरेको ब्यापार मेलाका लागि अर्थ मन्त्रालय सहयोग गर्न तयार रहेको सो अवसरमा मन्त्री पुनले जानकारी दिए । उनले बुद्ध जन्मस्थल लुम्विनी, गौतमबुद्ध बिमानस्थललाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने बिषयमा राज्यले पर्याप्त लगानी गर्ने जानकारीसमेत दिए ।
कार्यक्रममा पुर्वसभासद् तथा नेपाली कांग्रेसका नेता सुर्यप्रसाद प्रधानले एमाओवादीका गतिविधिले उसले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउंदै सरकारले तत्काल राजिनामा दिएर मुलुकलाई निकास दिन आग्रह गरे भने नेकपा एमाले लुम्विनी अंचल कमीटी सचिव खिमलाल भट्टराईले मुलुकको वर्तमान राजनीतिक समस्याको प्रमुख कारण वर्तमान सरकार भएकाले समस्याको निकास पनि सरकारले नै दिनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्

काठमाडौं । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक प्रमाणिकरण गरेकी छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले