“गर्नसकुँ” -रामचन्द्र राई (रूपाबुङ्ग)

६ चैत्र २०६८, सोमबार ००:५६ मा प्रकाशित

छुनुपर्दा मैले उच्च आकाशका तारा छुन सकुँ

हुनुपर्दा मैले मानव जाति र विश्वकै सम्पदा हुन सकुँ ।

थुप्रियो फोहोर मैलाको डङ्गुर थुप्रियो विसंगतिहरू
भोग्नु परिरहेछ मैले तिनै विसंगतिका खतिउपतीहरू
धुनुपर्दा मैले दुनियाँको फोहोर मैला सिनित्तै धुन सकुँ ।

मान्छे जति पीडित भए पनि पीडा दुख्ने मन नै हो
मान्छे जति रोए पनि रुने हृदय र बग्ने आँसु नै हो
रुनुपर्दा मैले दुःखी पीडितको बहपीडा निर्झर रुन सकुँ ।

मर्नुपर्दा मर्नेहरू सबैको थोक मृत्यु म एक्लै मर्न सकुँ
गर्नुपर्दा शान्तिको लागि बुद्धले झैँ म बेग्लै गर्न सकुँ ।

साभार— ‘जिन्दगी–संग्रहालय’(कविता सङ्ग्रह)बाट

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले