त्रिविका उपकुलपति लगायतका अधिकारी थुनिए!

७ आश्विन २०६९, आईतवार १९:१३ मा प्रकाशित


काठमाडौं, ७ असोज । लोकतान्त्रिक प्राध्यापक संघले त्रिविविका उपकुलपति, रजिष्ट्रार र रेक्टरलाई आइतबार शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)मा थुनेका छन्। त्रिभुवन विश्वविद्यालयका हरेक तह र तप्कामा पदाधिकारी नियुक्ति गर्दा आफूहरुको पनि सहमति र सहभागिता हुनु पर्ने माग राख्दै प्राध्यापकहरुले तीनै पदाधिकारीलाई थुनेका हुन्। उपकुलपति, रेक्टर र रजिष्ट्रारहरुलाई चिया मात्र खान दिइएको बुझिएको छ । उपकुलपतिलाई उच्चरक्तचापको समस्या रहेकोले थुनिएकोमा चिन्ता व्यक्त गरिएको छ ।
लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष उदयकिसोर तिवारीले गत वर्ष कुलपति एवं प्रधानमन्त्री बाबुराम भट्टराईको रोहवरमा उपकुलपति महर्जनले त्रिविको हरेक तह र निकायमा पदाधिकारी नियुक्ति गर्दा लोकतान्त्रिक प्राध्यापक संघलाई पनि समावेश गराउने लिखित प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नगरेकोले बाध्य भएर पदाधिकारीलाई थुन्नु परेको बताए।
प्राध्यापकहरुले विगत एक महिनादेखि विभिन्न माग राख्दै उपलकुलपति हीराबहादुर महर्जन, रजिष्ट्रार चन्द्रमणि पौडेल, शिक्षाध्यक्ष गुणनिधि न्यौपानेलगायत चारै संकायको डिन र कार्यकारिणीको कार्यकक्षमा तालाबन्दी गरेका छन्। विगत एकमहिनादेखि विश्वविद्यालयका आर्थिक, प्रशासनिक र शैक्षिक कामकारबाही प्रभावित बन्दै आएकाले तीनै पदाधिकारीले आइतबार सेरिडबाट कामकारबाही सुरु गर्न खोज्दा प्रध्यापकहरुले एक्कासी आएर थुनेको दाबी गरिएको छ ।
तालाबन्दीको एक महिना बित्‍न लाग्दासमेत पदाधिकारीहरु कानमा तेल हालेर बसेकले यसरी थुन्नुपरेको र लिखित सहमति नगरेसम्म नछाड्ने असन्तुष्ट प्राध्यापकहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल