ठमेलमा अत्याधुनिक हलिउड हेयर सैलुन

७ आश्विन २०६९, आईतवार १८:३५ मा प्रकाशित

काठमाडौ, ७ असोज । ठमेलमा विदेशी स्तरको सेवा, सुविधा भएको अत्याधुनिक हेयर सैलुनको आइतबार उद्घाटन गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठनका नेपाल ठाकुर समाजका अध्यक्षसमेत रहेका अनिरुद्र ठाकुरले स्थापना गरेको सैलुनको नेपाली सिनेमाका महानायक राजेश हमाल र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले संयूक्त रुपमा उद्घाटन गरेका छन् ।
सैलुन उद्घाटन गर्दै महानायक हमालले नेपालमा आधुनिक हेयर सैलुनहरुको अभाव खड्किएको बेला खुलेको हलिउड सैलुनले नेपाली फेसनप्रेमीहरुमा आशा जगाएको भन्दै नेपाली कलाकारहरुको लागिसमेत सैलुन राम्रो जक्सन बन्ने विश्वास ब्यक्त गरे । उनले हलिउड सैलुनको उद्घाटनले नेपालमा विश्वस्तरको सैलुन विकासको बाटो खोलेको बताए ।
सो सैलुनमा महिला, पुरुष र बालबालिकाको लागि अलग–अलग ब्यवस्था गरिएको छ भने हेयर स्टाईलसहित मसाजको समेत आधुनिक साधन र दक्ष जनशक्तिबाट सेवा दिइने प्रतिवद्धता व्यक्त गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामै ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार

काठमाडौं, ७ असाेज । नेपाल राष्ट्र बैंकले नयाँ नोटको प्रयोग जतनसँग गर्न आग्रह गरेको छ । ४ असोजदेखि नयाँ नोट वितरण