जिल्ला अदालतबाट पत्रकार बुढाथोकी फरार !

७ आश्विन २०६९, आईतवार १८:२४ मा प्रकाशित

काठमाडौं, ७ असोज । आफूले कल्पना नै नगरेको परिस्थिति अचानक आइपरेपछि पत्रकार गोपाल बुढाथोकी आइतबार जिल्ला अदालत काठमाडौंबाट भाग्नुपरेको छ । अर्कै मुद्दाको कामले त्यहां पुगेका सांघु साप्ताहिकका सम्पादक तथा प्रकाशक बुढाथोकी पत्रिकासंग सम्बन्धित झण्डै तीन दसक पुरानो मुद्दाको वारेन्ट कायम रहेको पत्तो पाएपछि अदालतबाट भागेका हुन् ।
बुझिएअनुसार पञ्चायकालमा राजदरबारविरुद्ध समाचार लेखेर राजकाज मुद्दा खेपेका बुढाथोकीको सो मुद्दा खारेज भएकै रहेनछ । २०४१ सालमा सांघु साप्ताहिकमा दरबारसम्बन्धी समाचार लेखेवापत बुढाथोकी १ वर्ष जेल बसेका थिए । उनलाई केही दिनअघि काठमाडौं जिल्ला अदालतमा अर्को मुद्दाको तारेख लिन जांदा पञ्चायतकालीन मुद्दा वक्यौता देखिएको थियो । तारेखमा हाजिर हुन जिल्ला अदालत जांदा पुरानो पञ्चायतकालिन मुद्दा बांकी देखियो । तत्कालै एक अधिवक्ताले भाग्न सुझाव दिएका कारण उनी अदालतपरिसरबाट फरार भएका थिए ।
उक्त राजकाज मुद्दाको फैसला अनुसार पत्रकार बुढाथोकीले १ वर्ष ६ महिना कैद सजाय र १ सय रुपैयां जरिवाना तिर्न पर्नेछ । ०४१ चैतमा दर्ता खारेज भएको सांघु साप्ताहिक ०४६ सालमा बहुदल आएपछि ०४७ सालबाट पुनः प्रकाशित भएको थियो । बहुदल आएपछि दर्ता खारेजीमा परेका सबै पत्रपत्रिका स्वतः प्रकाशन गर्न पाउने सरकारले निर्णय गरेको थियो । पत्रकार बुढाथोकीले उक्त मुद्दा मिनाहा गराउन नेपाल पत्रकार महासंघमार्फत पहल गर्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत