रौतहट अस्पतालमा तोडफोड

७ आश्विन २०६९, आईतवार १८:१२ मा प्रकाशित

काठमाडौं, ७ असोज । रौतहट अस्पतालमा आइतबार तोडफोड भएको छ । विषालु सर्पको.सर्पको टोकाईबाट रौतहटको झुन्खुन्वा–५ का १६ वर्षिय युवक रामेश्वर महतोको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेको रौतहटबाट एक प्रत्यक्षदर्शीले जानकारी गराएका छन् ।
प्राप्त समाचारअनुसार घरमै सुतिरहेका धर्मनाथ महतोका छोरा रामेश्वरलाई आइतबार विहान करिव दुई बजे सर्पले टोकेको थियो । सर्पले टोकेपछि बेहोस भएर विरामी परेका रामेश्वरको जिल्ला अस्पताल गौरमा उपचारका क्रममा बिहान ४ बजे मृत्यु भयो । उपचारका क्रममा रामेश्वरको मृत्यु भएपछि आधmोशित आफन्तले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप लगाएर अस्पतालमा तोडफोड गरेका हुन् । चिकीत्सक आफैं उपस्थित नभई सहयोगीलाई पठाएका कारण राम्रो उपचार नपाएर बिरामीको मृत्यु भएको आरोप पीडित परिवारले लगाएको छ ।
राति ड्यूटीमा रहेका अहेव सञ्जिव मण्डलले रामेश्वरलाई स्लाइन पानी मात्रै चढाएका थिए । एण्टी स्नेक भेनमको प्रयोग अहेव मण्डलले नगरेका कारण रामेश्वरको मृत्यु भएको आफन्तले दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको