सुर्खेत बाणिज्य बैंकमा दिउंसै १० तोला सुन चोरी

७ आश्विन २०६९, आईतवार १५:५२ मा प्रकाशित

काठमाडौं, ७ असोज । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सुर्खेतबाट आइतबार १० तोला सुन चोरी भएको प्रहरीले जानकारी दिएको छ । सुर्खेत लाटीकोइली–९ की शान्ति पोखरेलको मंगल सुत्र १ थान, बाला २ जोर, सिक्री, टप, औठी, छड्के तिलहरीसमेत गरेर करिब १० तोला सुन चोरी भएको हो ।
दिउंसो साढे १ बजे बैंकको सोधपुछ कक्षमा टेबुलमा सुन राखेर भौचर भर्दै गर्दा चोरी भएको र सुन कस्ले लगेको भन्ने अहिलेसम्म खुल्न नसकेको प्रहरी कथन छ ।
फितलो सुरक्षा व्यवस्थाका कारण सुर्खेतका बैंकहरु दिनप्रतिदिन असुरक्षित बन्दै गएका समाचारहरु विगतमा पटक पटक सार्वजनिक हुंदैआएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो