राजधानीमा जापानी एजुकेशन फेयर हुने

७ आश्विन २०६९, आईतवार १५:३९ मा प्रकाशित

काठमाडौ, ७ असोज । जापानमा उच्च शिक्षाको अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि लक्षित गरेर आगामी १३ र १४ गते काठमाडौमा जलसान दोस्रो जापानी शैक्षिक मेलाको आयोजना हुने भएको छ । जापान विद्यार्थी पठाउने विद्यालय र कन्सल्टेन्सीहरुको छाता संगठन जापानीज ल्याङग्वेज स्कुल एसोसिएसन अफ नेपालको आयोजना हुन लागेको सो शैक्षिक मेलामा जापानका १७ वटा प्रतिष्ठित क्याम्पस र विश्वविद्यालयका प्रतिनिधिहरु आफै उपस्थित भई विद्यार्थी र अभिभावका जिज्ञासा समाधान गर्ने आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
राजधानीको भृकुटी मण्डपमा आयोजना हुने मेलाको असोज १३ गते विहान साढे नौ बजे उद्घाटन हुने र त्यसपछि सांझ ५ बजेसम्म र भोलीपल्ट विहान १० देखि ५ बजेसम्म मेला सन्चालन हुने बताइएको छ ।
पहिलो दिन जापानी राष्ट्रिय पोशाकको प्रयोग र कागजबाट विभिन्न बस्तु निर्माण गर्ने प्रर्दशनी गरिने छ भने दोस्रो दिन चपस्टिकको प्रयोग र पेपर आर्टर्सको पर्दशनी गरिने आयोजक संस्थाले जनाएको छ । शैक्षिक मेलामा जापानको शिक्षा प्रणाली, जापानी जीवनशैली, संस्कृति, अध्ययनपछिको अवसर, डिपेन्डेन्ट भिसा, लागत र कामको विषयमा समेत अभिभावकलाई जापानीहरुले प्रष्ट पार्ने संस्थाका अध्यक्ष सुनिल बज्राचार्यले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता