मनास्लु हिमालको बेसक्याम्पमा हिम पहिरो, १३ पर्यटक बेपत्ता

७ आश्विन २०६९, आईतवार १३:४३ मा प्रकाशित

काठमाडौं, ७ असोज । मनास्लु हिमालको बेश क्याम्पमा आइतबार बिहान गएको हिम पहिरोमा १३ पर्यटक बेपत्ता भएका छन् । उक्त वेसक्याम्प गोरखाको सामागाँउ गाविस ४ मा पर्छ ।
प्रहरीबाट प्राप्त जानकारीअनुसार मनास्लुको सात हजार उचाईमा रहेको २ र ३ नम्वर बेश क्याम्पमा गएको पहिरोमा १२ घाइते भएका छन् भने घाइते सबैको उद्दार गरिसकिएको छ । बेपत्ताको खोजीका लागि सिम्रिक एयरको दुईवटा हेलिकप्टर खटिएको बताइएको छ ।
बिहानको खाजा खाने बेलामा बेश क्याम्पमा हिम पहिरो गएको थियो । हिम पहिरोमा जर्मन र नेपाली नागरिक परेका छन् । घटनास्थल गोरखा सदरमुकामबाट ५३ कोष टाढा पर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका