सस्तियो डलर

७ आश्विन २०६९, आईतवार १२:०५ मा प्रकाशित

काठमाडौं, ७ असोज । राष्ट्र बैंकले शनिबार र आइतबारका लागि एक अमेरिकी डलरको मूल्य ८६ रुपैयाँ ८ पैसा तोकेको छ। शुक्रबार डलरको मूल्य ८७ रुपैयाँ २५ पैसामा झरेपछि नेपाली रुपैयाँको मूल्य एकैदिन १ रुपैयाँ १८ पैसाले बढेको हो। लामो समयसम्म डलर ९० रुपैयाँको हाराहारी कारोबार भएको थियो।
माघदेखि निरन्तर बढिरहेको डलरको मूल्य गत सातादेखि घट्न थालेको हो। भारतीय मुद्रा बलियो हुन थालेपछि नेपारी रुपैयांमा डलरको मूल्य घट्ने अर्थविद्हरु बताउंछन् । असार १० गते डलर अहिलेसम्मकै महँगो ९१ रुपैयाँ ८८ पैसा पुगेको थियो भने भारत सरकारले शुक्रबार साँझ वित्तीय सुधारका लागि महत्वपूर्ण निर्णय लिएपछि डलर कमजोर भएको हो। भारतीयसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर भएकाले भारतीय मुद्रा बलियो हुँदा नेपाली रुपैयाँ महँगिएको हो।
डलर सस्तो हुँदा विदेशबाट भित्रिने वस्तु, पढ्न, घुम्न र स्वास्थ्य उपचारका लागि बाहिर जानेलाई फाइदा हुन्छ। पर्यटन व्यवसायी, विदेशमा बस्ने नेपालीले पठाउने पैसा पाउने परिवारलाई भने डलर कमजोर हुँदा असर गर्छ। डलर सस्तिएपछि अधिकांश आयातीत वस्तुको मूल्य घट्नेछ। निकासीकर्ताको नाफा पनि घट्छ। तर निकासीको तुलनामा आयात बढी हुने नेपालजस्तो मुलुकलाई यसले राहत नै दिन्छ।
यस्तै, डलर कमजोर हुँदा सरकारले विभिन्न दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावाँब्याजको भार कम पर्छ। डलरमा बिजुली किन्नुपर्ने आयोजनालाई सरकारले कम पैसा तिरे हुन्छ। विदेशी कलेजमा पढ्न जाने विद्यार्थीको खर्च घट्छ। औषधीउपचार, पर्यटक भएर विदेश भ्रमणमा जानेहरूलाई घटेको डलरले राहत दिनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५०

आजको प्रमुख समाचार