बांदर ठानेर बन्दुक पड्काउंदा श्रीमती ठहरै

७ आश्विन २०६९, आईतवार ११:५५ मा प्रकाशित

रुकुम, ७ असोज । रुकुमकोट गाविस १ रानीकोटमा एक व्यक्तिले बाँदर भनेर बन्दुक पड्काउँदा आफ्नै श्रीमतीको मृत्यु भएको राससले जनाएको छ। स्थानीय वेदप्रकाश पुनले बाँदर जस्तै देखेर गोली चलाउँदा श्रीमती वसन्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुकुमकोटले जनाएको छ। घर नजिकैको धारामा पानी लिन जाँदै गरेकी वसन्तीलाई बाँदर मार्न खरबारीमा बसेका वेदप्रकाशले गोली हानेका थिए। उनले हानेको बन्दुकको गोली श्रीमतीको घाँटीमा लागेको थियो ।
वेदप्रकाशलाई बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ। घटना शनिबार बिहान भएको भए पनि सञ्चारको अभावमा राति अबेर मात्र प्रहरी घटनास्थल पुगेको राससले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट