‘पूर्वराजा र उनीनिकटकासंग सहकार्य गरिन्न’ : थापा

७ आश्विन २०६९, आईतवार ११:५० मा प्रकाशित

काठमाडौं, ७ असोज । चार दलको सहमति नमान्ने पंक्तिमा राष्ट्रिय जनशक्ति पार्टी पनि उभिएको छ । सो पार्टाीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाले अन्य दललाई नसमेटी चार दलले गरेको निर्णयले अंग नपुग्ने भएकोले सबै राजनैतिक शक्तिको सहकार्य जरुरी रहेको बताएका छन् । मुलुकको राजनीतिक निकासको लागि चार दलको हालिमुहाली मात्र सर्वैसर्वा हुन नसक्ने उनको तर्क छ ।
जनशक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण गर्ने कार्यक्रमको उद्‍घाटन गर्न आइतबार गृह जिल्ला धनकुटा पुगेका थापाले पत्रकारसँग कुरा गर्दै भने, ‘चार दलको सहमति अनिवार्य भएपनि सर्वेसर्वा हुन सक्दैन । अन्य दलको साथ नभएका कार्य र निर्णय मान्य हुन सक्दैन ।’
संविधानसभा ब्युताउने कुरा सैद्धान्तिक रुपले गलत हुने भन्दै बाँकी संवैधानिक कामका लागि दलिय समझदारीको खाँचो रहेको नेता थापाले बताए । उनले थापाले पूर्वराजा र निकट रहेका दलसँग आफ्नो सहकार्य हुन नसक्ने स्पष्ट पारे । माओवादीका कारण संवैधानिक अंग लथालिङ्ग भएको भन्दै थापाले यसबाट राज्य सञ्चालनको सम्भावना सकिएकोले तत्काल पूर्ति गर्न पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार