
काठमाडौं, ७ असोज । सत्ताको नेतृत्व गरिरहेको दल एनेकपा माओवादी सैद्धान्तिक धारबाट विचिलित भई ‘संसोधनवादी र दलाल’ कित्तामा उभिन पुगेको आरोपका साथ केही महिनाअघि मात्र मोहन वैद्यको नेतृत्वमा सो पार्टी ने विभक्त हुने पुगेको थियो । एमाओवादी नेतृत्वले भने आफूमाथिको उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ । तर, सैद्धान्तिक विचलनको आरोप जतिसुकै इन्कार गरे पनि दिनप्रतिदिन एमाओवादीभित्रका असन्तुष्टि भने उजागर हुंदै आएका छन् ।
यसै क्रममा पार्टीका शीर्ष नेताहरूको शैली बुर्जुवा र सामन्ती हुँदै गएको तथा पिछडिएको वर्ग र क्षेत्रलाई उपेक्षा गरिएको भन्दै ४५ बुंदे मागका साथ एमाओवादीका तीन केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका छन् । आफूहरूले अघि सारेका माग पूरा नभए पार्टी नै छाड्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । राजीामा दिनेहरुमा सेती–महाकालीबाट महाधिवेशन आयोजक समितिमा प्रतिनिधित्व गर्ने खगराज भट्ट, भीम कडायत र जगत पार्कीले अध्यक्ष पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।
पार्टीभित्र भट्ट प्रधानमन्त्री भट्टराई पक्षधर, कडायत अध्यक्ष दाहाल पक्षका र पार्की उपाध्यक्ष श्रेष्ठ खेमाका हुन् । पार्टी एकीकरण हुँदा उनी श्रेष्ठसँगै एमाओवादीमा भित्रिएका थिए । राजीनामाको घटना १ असोजकै भए पनि एमाओवादी नेतृत्वले त्यसलाई गोप्य राखेको थियो थियो ।
उनीहरूको राजीनामा र अघि सारेका मागबारे अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरेका बुझिएको छ । छलफलमा असन्तुष्ट नेताहरूलाई पनि बोलाइएको थियो । उनीहरूले पार्टी र सरकारको नेतृत्वले अब पनि आफूहरूको माग सम्बोधन नगर्ने हो भने पार्टी नै छाड्ने चेतावनी दिएका छन् ।
‘राजनीनामा दिएका नेताहरुले सुदूरपश्चिमलाई हेर्ने काठमाडौंको दृष्टिकोण राणा, पञ्चायत हुँदै बहुदलीय व्यवस्था र अहिले गणतन्त्रसम्म आउँदा पनि परिवर्तन नभएको उल्लेख गरेका छन् । पिछडिएको वर्ग, क्षेत्र र लिंगको मुक्तिका कुरा गर्ने आºनो पार्टीको नेतृत्वमा सामन्ती र बुर्जुवा शैली हाबी हुनुका साथै सांस्कृतिक स्खलन भइरहेको भट्टले बताए । पार्टी र नेतृत्व सांस्कृतिक रूपमा स्खलित भइरहेको उनको दाबी छ ।
उपाध्यक्ष तथा प्रधानमन्त्री भट्टराईले केही विषयमा पार्टी र सरकारका तर्फबाट कमजोरी भएको, केहीमा ध्यान नपुगेको र केही अहिलेको जटिल परिस्थितिका कारण पूरा गर्न नसकिएको भनी दिएको जवाफलाई उनीहरुले ‘काइते तर्क’ को रुपमा बुझेको बताइन्छ । उनले सुदूरपश्चिम विकास आयोग र सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठान गठन गर्ने दुई काम साता दिनभित्रै गर्ने आश्वासन असन्तुष्ट नेताहरूलाई दिएका छन् ।
प्रधानमन्त्री भट्टराईको कार्यशैली ठीक नभएको भन्दै यसअघि नै भट्टसहित सेती–महाकालीका दर्जनौं उनीपक्षीय नेता–कार्यकर्ताले खेमा छाड्ने लिखित चेतावनी भट्टराईलाई दिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको
भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका