माओवादीको सरकारलाई असोज काट्न नदिन राष्ट्रपति अग्रसर हुनुपर्ने ओलीको धारणा

७ आश्विन २०६९, आईतवार ०७:३० मा प्रकाशित

काठमाडौं, ७ असोज । मुलुकको निकासका लागि गैरएमाओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने नेकपा एमालेका नेता केपी शर्मा ओलीले बताएका छन् । यसका लागि राष्ट्रपति डा. रामवरण यादवले असोजभित्रै वर्तमान सरकारलाई हटाइ नयाँ सरकार बनाउन पहल गर्नुपर्ने आग्रह नेता ओलीले गरेका छन् ।
शनिबार काठमाडौं फर्कनुअघि विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता ओलीले अब बन्ने नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताउँदै नेपाली कांग्रेसमा प्रधानमन्त्री चयनमा धेरै विवाद हुने र प्रधानमन्त्रीको नाम समयमा पार्टी अध्यक्ष सुशील कोइरालाले सिफारिस नगरेमा एमालेबाट प्रधानमन्त्री बन्ने र सरकारको नेतृत्व गर्ने बताए।
वर्तमान सरकारको नेतृत्व गरेका प्रधानमन्त्री डा बाबुराम भट्टराईको कार्यशैली तानाशाही भएको आरोप लगाउँदै उनले संविधानसभाको विघटनदेखि हालसम्म मनपरि गरेको विचार व्यक्त गरे। राष्ट्रपति संविधानको संरक्षक र पालनकर्तासमेत रहेकाले छिटोभन्दा छिटो मुलुकलाई राजनीतिक निकास दिनुपर्ने उनले बताए।
प्रधानमन्त्रीले दलित र चेपाङसँग भेट्ने र रात बिताउने नाममा सरकारी ढुकुटीको व्यापक दुरूपयोग गरिरहेको आरोप उनको थियो। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

आजको प्रमुख समाचार