प्रधानमन्त्रीमा आ–आफ्नै दाबी : सहमति झन्–झन् टाढा

७ आश्विन २०६९, आईतवार ०७:२८ मा प्रकाशित

 काठमाडौ, ७ असोज । राष्ट्रिय सहमतिको सरकार गठन गरी नयां निर्वाचनको घोषणा गर्ने नयां सहमतिमा पुगेलगत्तै प्रमुख चारमध्यका तीन दलले नेतृत्व दाबी गरेका छन् । एनेकपा माओवादी, नेपाली कांग्रेस र संयुक्त मधेसी मोर्चाले राष्ट्रिय सरकारको नेतृत्व दाबी गरेका हुन् । गत शुक्रबार दलहरुले वर्तमान भट्टराई सरकार विस्थापित गरी नयां राष्ट्रिय सरकार गठन गर्ने सहमति गरेका थिए ।
सोही बैठकमा एमालेले अबको सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने प्रस्ताव गरेलगत्तै एमाओवादी र मधेसी मोर्चाले पनि नयां सरकारमा आफ्नै दाबी गरेका हुन् । एमाओवादीका प्रवक्ता अग्नि सापकोटा र भट्टराई सरकारमा उपप्रधानमन्त्री रहेको मधेसी मोर्चाका संयोजक विजय गच्छदारले शनिबार पत्रकार सम्मेलनमार्फत् सरकारको नेतृत्वमा आ–आफ्नो पार्टीको दाबी गरेका हुन् ।
शुक्रबारको बैठकमा कांग्रेसको नेतृत्व हुनुपर्ने प्रस्ताव गरेको एमाले भने सोही अडानमा उभिएको देखिए पनि नेपाली कांग्रेसभित्र प्रधानमन्त्री को हुने भन्नेमा परोक्ष रुपमा चलिरहेको तीब्र प्रतिष्पर्धा र विवादलाई गहिरोसंग नियालेर उसले यस्तो अडान दर्शाएको विश्लेषकहरुको ठहर छ । अन्ततः कांग्रेसले आफ्नो तर्फबाट उम्मेद्वार तोक्न नसक्ने र त्यो अवस्थामा कांग्रेसको समर्थन हात पार्न एमालेले अहिले आफू दाबी नगरी सहज रुपमा कांग्रेसको नेतृत्व हुनुपर्ने धारणा अघि सारेको अनुमान गरिएको छ ।
यसरी एमालेले कांग्रेसको प्रस्ताव गरेको भोलीपल्टै एमाओवादी र मधेसी मोर्चाले प्रधानमन्त्रीमा दाबेदारी अघिसारेपछि दलहरुबीच पुनः विवाद चुलिएको र यसले उत्कर्ष छुने निश्चित जस्तै देखिएको छ । एमाओवादी र कांग्रेस त एकअर्काप्रति अत्यन्त आक्रामक समेत देखिएका छन् । राष्ट्रपति पनि ‘कांग्रेसका’ भएकोले शक्ति सन्तुलनका लागि पनि कांग्रेसलाई प्रधानमन्त्री दिन नहुने तर्क एमाओवादीले गरेको छ । ‘दुबै उच्च ओहदामा कांग्रेसका मान्छे रहेपछि कांग्रेसले सत्ता कब्जा गर्छ, यो हामीलाई सैह्य हुंदैन’, एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले खुलेआम घोषणा गरे । यसले सहमतिका लागि अघि बढेको भनिएको वर्तमान राजनीतिक परिस्थिति झन् बिग्रन सक्ने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल