मधेसी मोर्चालाई काखी च्यापेर एमाओवादी चुनावी सभातिर

७ आश्विन २०६९, आईतवार ०३:५० मा प्रकाशित

काठमाडौं, ७ असोज । गत शुक्रबारको दलीय सहमतिको मसी सुक्न नपाउंदै चुनावी सरकार कांग्रेसलाई दिन अस्वीकार गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले चुनावी अभियान सुरु गर्ने घोषणा गरेको छ । आगामी निर्वाचनका बारे प्रस्ट खाका नबन्दै यसरी सत्ताधारी दलहरु चुनावी अभियानमा लाग्न तत्पर देखिएपछि राजनीतिक असहमति फेरि चुलिने सम्भावना बढेको छ ।
आगामी चुनावमा संघीयताको पक्षमा जनमत बनाउन र राजनीतिक सहमतिका लागि दबाब दिने भन्दै मुलुकका पाँच मुख्य सहरमा सभा गर्ने निर्णय गठबन्धनले गरेको छ । कांग्रेस, एमालेलगायतका विपक्षी दलहरुले भने यसलाई मधेसी दलहरुलाई काखी च्यापेर सत्ता कब्जा गर्ने एमाओवादी चालका रुपमा बुझेका छन् ।
वार्ताले मात्रै सहमति नहुने देखिएकाले देशव्यापी रूपमा दबाबमूलक जनपरिचालन कार्यक्रम गर्ने निर्णय भएको तर्क एमाओवादीका नेताहरुले गनै थालेका छन् । एमाओवादी प्रवक्ता अग्नि सापकोटाले त मुलुकमा फेरि एक पटक जनताको धक्का र दबाब आवश्यक परेको अभिव्यक्ति दिए । त्यसैका लागि असोज १७ गतेदेखि गठबन्धनले प्रमुख सहरहरूमा सभा गर्न लागेको उनले जनाए । उनले आगामी चुनावमा पहिचानसहितको संविधान बनाउन दुई तिहाइ बहुमत पुर्‍याउन जनपरिचालन गर्न लागेको समेत जनाए । सापकोटाको यस खुलासाले एमाओवादी आफूबाहेक अन्य कुनै पनि दलको नेतृत्वमा सरकार बन्न नदिने रणनीतिमा अत्यन्त गम्भीरताका साथ अघि बढिरहेको प्रस्टै हुन्छ ।
गठबन्धनले असोज १७ गते विराटनगर, १९ जनकपुर, २१ नेपालगन्ज, २३ गते पोखरा र २६ गते काठमाडौंमा संयुक्त सभा गर्ने निर्णय गरेको छ । विराटनगर, नेपालगन्ज र पोखरामा हुने सभाको संयोजन एमाओवादीले, जनकपुरको मधेसी मोर्चाले र काठमाडौंमा संयुक्त रूपमा संयोजन गर्ने तय गरेका छन् । जनपरिचालन सभाबाट गठबन्धनमा रहेका दलका नेताहरूले कांग्रेस, एमालेसूग संघीयताका विषयमा भएका वार्ता र संघीयताका विषयमा दुई पार्टीले राखेको असहमतिलाई स्पष्ट गर्ने जनाएका छन् ।
गठबन्धनको बैठकमा निर्वाचन प्रक्रिया, सहमतिको सरकारलगायत विषयमा प्याकेजमा सहमति नभएसम्म सरकारलाई निरन्तरता दिनेबारे छलफल भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार