परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका प्रस्थान

७ आश्विन २०६९, आईतवार ०३:३८ मा प्रकाशित

काठमाडौं, ७ असोज । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ संयुक्त राष्ट्रसङ्घको ६७ औँ महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गरेका छन् । आठ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री श्रेष्ठ शनिबार न्युयोर्क प्रस्थान गरेका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठले महासभालाई आगामी असोज १२ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासभामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, शान्तिप्रक्रियामा भएको प्रगति तथा राजनीतिक दलहरूबीच भइरहेको सहमतिको प्रयासबारे जानकारी गराउने कार्यक्रम रहेको परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।

यसैगरी जलवायु परिवर्तन र यसले विश्वसामु पारेको प्रभावका बारेमा पनि ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।

नेपाल अति कम विकसित राष्ट्रहरूको अध्यक्ष भएकाले अति कम विकसित राष्ट्रहरूलाई उपलब्ध गराउनुपर्ने सहयोगका बारेमा समेत कुराकानी हुने परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए ।

यसैगरी मानवअधिकार, भूपरिवेष्ठित राष्ट्रहरूले भोग्नुपरेको समस्याका विषयमा अरू राष्ट्रहरूले जाहेर गरेको प्रतिबद्धतालाई व्यवहारमा कार्यन्वयन गराउनका लागि नेपालका तर्फबाट जोड दिने समेत कार्यक्रम रहेको छ ।

सो अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनलगायत विश्वका अरू विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरूसँग पनि दुईपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

न्युयोर्कमा रहँदा उनले विभिन्न छिमेकी मुलुक र अन्य राष्ट्रका झन्डै दुई दर्जन आफ्ना समकक्षीसँग द्विपक्षीय हित र आपसी चासोका विविध विषयका साथै साझा सरोकारका क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय मामिलामा विचार-विमर्श गर्नेछन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा र महासचिव बान कि मुनले आयोजना गर्ने बेग्लाबेग्लै स्वागत समारोहमा परराष्ट्रमन्त्री श्रेष्ठ सरिक हुने कार्यक्रम छ ।

गत मङ्गबारदेखि सुरू भएको महासभामा गरिबी न्यूनीकरण, आतङ्कवाद नियन्त्रण, जलवायु परिवर्तनलगायत १६७ विषयमा छलफल हुने कार्यसूची राष्ट्रसङ्घले सार्वजनिक गरेको छ ।

मन्त्री श्रेष्ठका साथ परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सचिव जयमुकुन्द खनाललगायत सहभागी छन् ।

नेपालले न्युयोर्कस्थित नेपाली नियोगका उपप्रमुख सेवा लम्सालसहितको पाँच सदस्यीय टोली परराष्ट्रमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा समावेश हुने कार्यक्रम रहेको छ ।

सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता पाएको नेपालले सन् १९६० मा पहिलोपटक महासभामा भाग लिएको थियो ।

सोही वर्ष भएको १५ औँ महासभामा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले पहिलो पल्ट नेपालको प्रतिनिधित्व गरेका थिए ।

हाल विश्वका १९३ मुलक संयुक्त राष्ट्रसङ्घको सदस्य छन् भने नेपालले १३४ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी