लिम्बू सुन्दरीको पहिलो ताज निलिमा मादेनलाई

६ आश्विन २०६९, शनिबार २०:५८ मा प्रकाशित

काठमाडौ । ‘प्रेमले जीवन आवाद पनि पार्छ बबार्द पनि ।’ निलिमा मादेनको यहि जवाफले उनलाई पहिलो लिम्बु सुन्दरीको ताज पहिरिने अबसर जुर्यो । शुक्रबार काठमाडौमा सम्पन्न मिस लिम्बू प्रतियोगितामा नायक राजेश हमालले सोधेको प्रश्नमा निःस्वार्थ प्रेमले जीवन सुन्दर बनाउने र स्वार्थी भावले नकारात्मक असर पार्ने तर्क दिएर निलिमा मादेनले पहिलो मिस लिम्बूको ताज पहिरिने अवसर प्राप्त गरेकी हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा याक्थुङ युथ एसोसिएसनले आयोजना गरेको पहिलो मिस लिम्बु प्रतियोगितमा २८ सहभागीलाई पछि पार्दै निलिमाले मिस चार्मिङको उपाधि समेत हात प्रण सफल रहिन । लिम्बु सुन्दरीको ताजसँगै उनले ५० हजार रुपैयाँ, छात्रवृत्ति र गिफ्ट ह्याम्पर समेत प्राप्त गरिन । प्रतियोगितामा चिकित्सक एलिसा वनेम फस्ट रनरअप र उनले वेस्ट हेयरको उपाधि समेत हात परिन । सुनसरीकी एलिना थलङले सेकेन्ड रनरअप उपाधिसँगै मिस ट्यालेन्टको उपाधि जितिन् । मिस ट्यालेन्टको उपाधिचाहिँ निशा पोमूले पाइन् । फस्टर रनरअप र सेकेन्ड रनरअपले क्रमशः २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए । युमा कल्चरल अवार्ड पाएकी सुमना लुङखिम्बाले चाहिँ १५ हजार रुपैयाँको पुरस्कार पाइन् । प्रतियोगितामा ज्योति खापुङले बेस्ट मदरटोन, रेखा फागोले बेस्ट स्किन, बिन्दिया साम्सोहाङले बेस्ट फिगर, सपना थेबेले मिस फ्रेन्डली, कृष्टिना सम्वाहाम्फेले मिस डिसिप्पिन, रेश्मा सम्वाहाम्फेले मिस पंच्युअल, सुष्मा यक्सोले बेस्ट स्माइल, अनिता तुम्वापोले मिस फोटोजेनिक, सुष्मा तुम्बापोले मिस पर्सनालिटी अवार्ड पाइन् । मुस्कान नेम्बाङले चाहिँ भ्युअर च्वाइस, मिस क्याट्वाक र बेस्ट ड्रेस गरी तीनवटा अवार्ड कुम्लाइन् । लिम्बू भाषा संस्कृति र मौलिकताको संरक्षण गर्ने उद्देश्यले गरिएको प्रतियोगितामा लिम्बू भाषा, कला, वेशभूषा र संस्कृतिको प्रदर्शन गरिएको थियो । नायिका साहना बज्रार्चाय, पूर्व पर्यटनमन्त्री याङकला शेर्पा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, लगायत निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी संचार कर्मी कला सुब्बाले गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित