तीनवर्ष सजाय पाएको व्यक्ति किर्ते कागज बनाएर तीन महिनामै जेलबाहिर

६ आश्विन २०६९, शनिबार २०:२२ मा प्रकाशित

काठमाडौं, ६ असोज । गत जेठदेखि ३ वर्षका लागि जेल सजाय पाएका एक व्यक्तिले नक्कली कागज बनाएर तीन महिनामै जेलबाट छुटेको अनौठो घटनाको खुलासा भएको छ । कैद मिनाहा भएको नक्कली कागज देखाएर केन्द्रीय कारागारको थुनाबाट निस्केर फरार रहेका नेपाली सेनाका पूर्व अमलदारलाई प्रहरीले शनिबार पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो ।
प्रहरीका अनुसार नेपाली सेनाका पूर्वअमलदार सिन्धुली जिल्ला रानीबास गाबिस २ का स्थायी बासिन्दा २९ वर्षीय गंगाहरि न्यौपानेलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा काठमाडौं सुन्धारास्थित चितवन गेष्ट हाउसमा फेला पारी पक्राउ गरिएको हो। नेपाली सेनाको समरी जनरल सैनिक अदालतबाट सैनिक अनुशासन तथा आचरण बिपरितको कसुरमा दोषी ठहर भई सैनिक ऐन २०६३ बमोजिम गत जेठ ११ गतेबाट गणना हुने गरी ३ वर्षको कैद सजाय उनलाई सुनाइएको थियो। समरी जनरल सैनिक अदालतले गरेको सो फैसला बमोजिमको बाँकी कैद भुक्तान गर्न गत असार १३ गतेको पत्र साथ उक्त कारागारमा रहेकोमा गत भदौ ११ गते कैद मिनाहाको किर्ते पत्र पेश गरी केन्द्रीय कारागारबाट न्यौपाने फरार भएको बताइएको छ । व्यूरोले निजको बाँकी सजाय भुक्तानको लागि उनलाई पुनः केन्द्रीय कारागारमा बुझाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

उदयपुर । वर्षायाम सुरु भएसँगै निरन्तर पानी पर्न थालेपछि धान रोपाइँ सुरु गर्ने समय अघि नै जिल्लामा धान रोपाइँ गर्न

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा

आजको प्रमुख समाचार