मेरिनाकी छोरीले ब्वाइफ्रेण्ड नबनाएपछि… – सरिता अर्याल

६ आश्विन २०६९, शनिबार २०:०७ मा प्रकाशित

म दुइ सन्तानकी आमा । मैले उनीहरु भोकाएको बेला खाना दिएर, पढ्न स्कूल पठाएर र उनीहरुको चाहनालाई पूरा गरेर म एक सफल आमा भए भनेर मख्ख पर्दै बसेको थिएं । तर मेरो सन्तानप्रति त्यत्ति ध्यान दिनु मात्रै पर्याप्त हुंदो रहेनछ । म सफल आमा बन्न सकेको रहेनछु भन्ने मलाइ धेरै पछि मात्र महशुस भयो । म काम गर्नका लागि इजरायल पुगेको बेला म बसेको घरको छिमेकी मेरिनासित मेरो राम्रो मित्रता भएको थियो । उनका तीन छोरी मात्र थिए । जेठी छोरी त त्योबेला सरकारले दिने दुईवर्षे सैनिक तालिममा गएकी थिइन् । दुई छोरी र श्रीमान श्रीमती थिए घरमा । प्राय मेरिना र म दिउंसो उनका छोरी र श्रीमान बाहिर भएको बेला एक अर्काको घरमा हुन्थ्यौं । । एकदिन विहानै मेरिना र उनको श्रीमान मेरो घरमा आएर मेरो घर मालिक याकुव र हानासित हिब्रू भाषामा के के कुरा गरे । त्यो बेलासम्म म हिबू्रको दस वाक्य पनि राम्ररी बोल्न जान्दिन थिएं । अरूले बोलेको पनि ज्यादै कम बुझ्दथें । त्यसैले उनीहरूको वार्ता मैले बुझ्न सकिन । त्यसैले मैले त्यता तिर ध्यान नै दिइन । आफ्नै कोठामा आएर टिभी हेरेर बसे । झण्डै आधा घन्टा पछाडी याकुबले मलाई बोलायो । म गए उनीहरुको सामु । याकुबले भन्यो निक्कीको लागि मेरिना र तिमी आज डाक्टरकोमा जाउ ल । किन के भयो र निक्कीलाई ? मैले मेरिनातिर फर्केर प्रश्न गरे । जवाफ मेरिनाको श्रीमानले दियो । निक्कीको महिनावारी पनि सुरु भै सक्यो । तर उसको व्यवहारमा कुनै परिवर्तन आएन । त्यसैले डाक्टरकोमा लिएर जान याकुब र हानासित सल्लाह गर्न आएको । निक्कीको नितान्त व्यक्तिगत र महिनाबारीको कुरा आए पछि मैले कुरा शुरु गरें । म महिला सित त खुलेर कुरा गर्न सक्थे हूंला । तर मेरिनाको श्रीमान र आपूmले बाबुको स्थानमा राखेको याकुवको अगाडि म यस्तो विषयमा कुरा गर्न सक्ने संस्कारमा हुर्किएकी महिला थिइन । त्यसैले मैले कुरा टुङ्गयाउन खोज्दै भनें, कहिले जाने ? । भोली निक्कीको स्कूल विदा छ । भोली नै जाने हुन्न ? मेरिनाले भनिन । मैले सहमतीको टाउको हल्लाएर फेरि आफ्नै कोठामा आएर बसे । मेरो मनमा त जिज्ञासा आएको थियो महिनावारी सुरु भए पछि के भएछ ? के परिवर्तन हुनु पर्ने हो र भएन ।
भोली पल्ट मेरिना र निक्की आए मलाई लिन । हामी गयौ डाक्टरकोमा । उनीहरुले डाक्टर सित समय लिइ सकेका थिए होलान । हामी अस्पताल हैन डाक्टरको घरमा नै गयौं । घरको तल्लो तलाको दुइटा कोठामा उनले क्लीनीक बनाएकी रहिछन् । डाक्टर अमेरिकन नागरिक हिब्रूभन्दा अंग्रेजी नै बोल्न रुचाउने । हामी डाक्टरको कोठा भित्र पस्नासाथ डाक्टरले निक्कीलाई बाहिर बस्न लगाइन । मेरिना र म डाक्टरको अगाडि थियौं । मेरो मनमा त हिजो देखिनै कौतुहलता थियो नै । त्यसैले म चुपचाप मेरिनाको कुरा सुन्न थालें ।
निक्कीको स्तन समय भन्दा छ महिनाजति पछि मात्र बढेको जस्तो लाग्यो रे मेरिनालाई । उनले निक्कीको प्रत्येक व्यवहारमाथि बिचार गरिरहेकी थिइन् रे । समय मै महिनावारी पनि सुरु त भएछ । तर महिनावारी सुरु भएता पनि उसमा परिवर्तन देखिएन रे । ओ हो फेरि उही चेन्ज आएन । आखिर के चेन्ज चाहिएको हो मेरिनालाई ? अब मेरो धैर्यको बांध टुट्यो । मैले प्रश्न गरें आखिर तिमी के चेन्ज चाहन्थ्यौ छोरीको व्यवहारमा ?
उसले अहिलेसम्म परिवार नियोजनका अस्थायी साधन जस्तै कन्डम आफुसित राखेकी छैन । यस्ता कुरा राख्ने मात्र हैन उसको त कुनै केटाप्रति गहिरो आकर्षण नै पनि छैन । उसले अहिलेसम्म व्वाइ फ्रेन्ड बनाएकी छैन । मेरो छोरीको शरिरमा के कमी भयो ? मैले के गर्नु प¥यो ? मेरिना डाक्टरतिर फर्किइ ।
डाक्टरले सोधीन्, छोरीको चाहना वढी केमा देखिन्छ ? उनी केमा बढि समय विताउंछिन ? जवाफमा मेरिनाले भनिन, टिभीमा स्पोर्ट हेर्नु अनि पढ्नु । कहिलेकाही समुन्द्रतिर जान्छे पौडिन । त्यत्ति हो ।
डाक्टरले निक्कीलाई बोलाइन् र उनलाई जांच्नको लागि हामीलाई बाहिर निकालिन् । केही बेरपछि हामीलाई पनि भित्र बोलाईयो । मेरो लागि यो अनौठो रोग थियो भने मेरिनाको लागि चिन्ताको विषय । जांची सकेपछि डाक्टरले भनिन, सानै देखि निक्कीले पढ्नु पर्छ भन्दै सुन्दै आएकी र दिदीले राम्रो नम्वर ल्याउंदा उनले बाबुआमाबाट कम स्यावासी पाउने गरेकोले एक शब्दमात्र थ्याङ्क्यू आफुले पहिले सुन्न पाइयोस् भनेर उस्को सबै ध्यान पढाइमा गयोे । महिनाबारी सुरु हुनुभन्दा पहिलेदेखि नै उसलाई पनि केटा साथी बनाउने चाहना त आएको थियो । तर पढाइमा डिस्टर्ब होला कि भनेर उसले केटासित मित्रता नगरेको रे । ओ हो कस्तो डाक्टरी परिक्षण, अनि कस्तो विरामी । मेरिना पनि आमा हुन् र म पनि आमा । उनी उनको छोरीको व्यवहार परिवर्तन भएन उस्ले व्याईफ्रेन्ड बनाइन भनेर चिन्तीत भएकी थिइन् भने म सधैं छोरीलाई केटाभन्दा केटीलाई नै साथी बनाउ ल भनेर भन्ने गर्दथे । छोरीको महिनावारी सुरु हुंदा स्वास्थ्यसम्वन्धी अपुरो मात्र ज्ञान मैले छोरीलाई दिएको थिएं । उस्को व्यवहारमा के परिवर्तन भएको छ ? त्यसमा त मैले कहिल्यै ध्यान नै दिइन ।
एउटा छोरीको लागि महिनाबारी लगायत यौन शिक्षाको जानकारी दिन आमाभन्दा नजिक र पहिलो शिक्षक को नै हुन सक्दछ र ? तर म आफुलाई सफल आमा भन्न सुहाउने ठाउं कहां रहेछ त ? म त मेरो छोरीको लागि कहिल्यै पनि असल शिक्षक बन्न सकिनछु । मजस्ता आमा कति होलान् ?

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने

गरीबीका कारण अनलाइन कक्षा लिन नसकेका विद्यार्थीहरुका लागि भारतमा एक शिक्षकले विद्यार्थीहरुका लागि आफ्नो स्कूटरमै लाइब्रेरी बनाएका छन् । विद्यार्थीलाई

सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र