पूर्वराजाको भ्रमण विथोल्न तनहूंमा यातायात बन्दको घोषणा

६ आश्विन २०६९, शनिबार १९:४९ मा प्रकाशित

काठमाडौं, ६ असोज । पूर्वराजाको भ्रमण विथोल्नकै लागि गत शुक्रबार म्याग्दी बन्द गर्ने एमाओवादी लगायतका राजनीतिक दलहरुको कदमको कतिपय शीर्ष नेतृत्व तहबाटै आलोचना भइरहेको परिवेशबीच पूर्वराजाको भ्रमण विथोल्ने उद्देश्यले तनहुंका विभिन्न राजनीतिक दलले असोज ८ गते सोमबार जिल्लाभर यातायात बन्दको घोषणा गरेका छन् ।
गण्डकी र धवलागिरी अंचलका विभिन्न मठमन्दिरको एक साता लामो धार्मिक भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्दले सोमबार दमौलीको व्यास गुफा र शिवपान्चायन मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएपछि तनहुं जिल्लामा क्रियाशील राजनीतिक दलहरुले असोज ८ गते बिहान ७ बजेदेखि एक घण्टा जिल्लाभर यातायात बन्द गर्ने घोषणा गरेका हुन् ।
एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, दलित जनजाती पार्टी र नेकपा संयुक्तले शनिवार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै देवी देवता र मठमन्दिरको दर्शन तथा पुजाआजाका नाममा पुर्वराजा राजनीतिमा सक्रिय हुन खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई