ब्यापारीले पोलेका भ्रष्ट कर्मचारीमाथि छानबिन भइरहेको अर्थमन्त्रीद्वारा खुलासा

६ आश्विन २०६९, शनिबार १९:४५ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ६ असोज । कामचलाउ सरकारका अर्थमन्त्री वर्षमान पुनले सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने नीति लिएको वताएका छन् ।
राजस्व अनुसन्धान विभागद्वारा शनिबार वुटवलमा आयोजित राजस्व चुहावट नियन्त्रण विषयक पश्चिमान्चल क्षेत्रीय गोष्ठीको उद्घाटन गर्दै मन्त्री पुनले उक्त कुरा बताएका हुन् ।
सहकार्य कसिलो बनाउन निजी क्षेत्रलाई आग्रह गर्दै मन्त्री पुनले भने– ‘हामी निजी क्षेत्रसँग सहकार्य र संवादको प्रजातान्त्रिक विधिवाट विश्वास गर्ने र संगै हिंड्न चाहन्छौँ ।
कृषि, पर्यटन, जलस्रोत, लगानी प्रवद्र्धन, पुर्वाधार विकास र तीनखम्वे अर्थनीतिमा कांग्रेस, एमाले र माओवादी लगायतका प्रमुख दलहरु बीचमा मतभेद नभएकोले दीर्घकालिन आर्थिक विकासका लागि न्युनतम साझा सहमति हुनुपर्नेमा मन्त्री पुनले जोड दिए ।
लगानीबोर्ड मार्फत ठुला, मझौला र साना लगानीका परियोजनाहरु प्रवद्र्धन गर्ने सरकारी नीतिअनुरुप ५० वटा परियोजनाको विस्तृत प्रतिवेदन तयार गर्ने काम भइरहेको बताउँदै मन्त्री पुनले त्यसमध्येबाट तत्काल दु्रत मार्ग, पाँचतारे होटल लगायतका १७ वटा परियोजना छनोट गरी अघि बढाउने कार्यक्रम भएको जानकारी समेत दिएका छन् ।
मुलुकको राजनीतिक सुचक निराशाजनक भएपनि आर्थिक सुचक सकारात्मक भएको दाबी गर्दै उनले विदेशी लगानी, निर्यात र उत्पादन बढेको बताए । मन्त्रालयमा मिस्प्याचसम्बन्धी १८ हजार गुनासा भएको मन्त्री पुनले बताएका छन् । राजस्व बढाउनका लागि मुलुकभरीमा १ हजार वटा यस्तै अन्तरसंवाद गर्ने कार्यक्रम अनुसार राजधानीबाहिर यो पहिलो क्षेत्रीय गोष्ठी गरिएको बताउँदै मन्त्री पुनले काठमाडौमा गरिएका यस्तै कार्यक्रममा भ्रष्टाचारमा संलग्न राजस्व कार्यालय र अधिकृतहरु तोकेर व्यापारीहरुले बोलेकाले आरोपित अधिकृतहरुमाथि छानविन भइरहेको जानकारी समेत सो अवसरमा दिए ।

कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख शान्तराज सुवेदी, पश्चिमान्चलका जनपद र सशस्त्र प्रहरीका डिआइजी, क्षेत्रिय प्रशासक, रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रजिअ एवं मालपोत, बन र यातायात व्यवस्थाका कार्यालयका प्रमुख, विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारी लगाएतले आ–आफ्नो अनुभव, समस्या र सुझाव राखेका थिए । सशस्त्र प्रहरीका डिआइजी प्रेम कुमार शाहीले रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको १ सय ४२ किलोमिटर सिमावर्ती इलाकामा सुचना र सुविधाको कमिले राजस्व चुहावट नियन्त्रणमा सफलता नपाएको बताएका थिए । यसैवीच मन्त्री पुनले रुपन्देही व्यापार संघको ११ औं साधारण सभाको पनि उद्घाटन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

रुपन्देही । नेपाली कांग्रेसका नेता पुष्पा भुसाल र मानबहादुर विकको गृहजिल्ला अर्घाखाँचीमा छ स्थानीय तहमध्ये अधिवेशन भएका पाँचवटै पालिकामा देउवा