एमाले अध्यक्ष भारत प्रस्थान

६ आश्विन २०६९, शनिबार १९:३६ मा प्रकाशित

काठमाडौं, ६ असोज । एमाले अध्यक्ष झलनाथ खनाल शनिबार भारत प्रस्थान गर्नुभएको छ । प्रवासी नेपाली संघ भारतको सातौँ सम्मेलनमा भाग लिन चारदिने भ्रमण कार्यक्रम मिलाएर उहां भारत जानुभएको बताइएको छ । अध्यक्ष खनालसँग पोलिटब्युरो सदस्य प्रकाश ज्वाला, पूर्व केन्द्रीय सदस्य प्रमेश हमाल र स्वकीय सचिव अधिकारी पनि त्यसतर्फ प्रस्थान गरेका छन् । भारतको मध्यप्रदेशस्थित भोपालमा आयोजना हुने प्रवासी नेपाली संघको सम्मेलनको उद्घाटन अध्यक्ष खनालको हातबाट आइतबार हुनेछ ।
भारत प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष खनालले बाबुराम भट्टराई नेतृत्वको सरकारले तत्काल बाटो खुला गरेर राजनीतिक सहमतिका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । ताजा जनादेशका लागि सबै दलहरु निर्वाचनमा जान तयार भइसकेको अवस्थामा अन्तरिम संविधानलाई ध्यान दिएर अगाडि बढ्नुपर्छ भन्दै उहांले ‘संविधानसभाको नयाँ निर्वाचन र राष्ट्रिय सहमतिको सरकारका विषयमा दलहरुबीच छिट्टै सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो ।
भारत बसाईका क्रममा त्यहांका उच्च नेताहरुसंग भेटघाट हुनेनहुने विषयमा भने खनालले प्रस्ट पार्नुभएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका