मेक्सिकोमा लागूपदार्थ कारोबार र त्यससंग जोडिएको हिंसा

६ आश्विन २०६९, शनिबार १९:२१ मा प्रकाशित

 काठमाडौ, ६ असोज । मेक्सिकोमा विगत ६ वर्षको अवधिमा कारागार तोडेर १ हजारभन्दा बढी कैदी भागिसके । यही सिलसिलालाई निरन्तरता दिंदै अमेरिकाको टेक्सासको सीमासंग जोडिएको उत्तर मेक्सिको राज्यको पिएड्रास नेग्रास सहरको कोहुलियास्थित एक कारागारबाट गत सोमबार १ सय ३१ कैदी फरार भए । भाग्नेमा अधिकांश लागूऔषध हिंसामा पक्राउ परेकाहरु छन् । पूर्वतयारीका साथ मुख्यद्वारबाट भागेका ती अपराधीमध्ये तीनजना पक्राउ परे पनि अन्यको अमेरिका र मेक्सिकोका सुरक्षाकर्मीले व्यापक खोजतलास गरिरहेका छन् ।

कारागारका निर्देशक र दुई सुरक्षागार्डलाई हिरासतमा राखेर यो घटनाको अनुसन्धान सुरु भएको जनाइएको छ । कारागार खटिएका सुरक्षाकर्मी र कारोबारी समूहको मिलेमतोमा कारागार फोरिएको खुलासा भएको छ ।
लागूपदार्थ कारोबारमा जेलिएको मेक्सिकोमा नशा माफियाको जालो दलका नेतादेखि प्रशासनसम्म फैलिएको छ । यो कारोबारमा उल्लेख्य संख्यामा राजनीतिकर्मीहरु पनि पक्राउ पर्छन् । पैसा र यौवनको खोलो बग्ने यो कारोबारमा लागेका समूहबीच दिनहुंझैं हिंसा र भिडन्त हुने गर्छ । फरार अपराधी र कैदीबारे सूचना दिनेलाई लाखौं डलर पुरस्कारको घोषणा पनि प्रभावहीन देखिएको छ । आश्चर्यलाग्दो आंकडा त यो पनि छ कि सन् २००६ यता लागूऔषध कारोवारीबीच आपसी मुठभेडबाट लगभग ६० हजार व्यक्तिको ज्यान गइसकेको छ ।
मेक्सिकोमा ९० प्रतिशत हत्या लागूपदार्थसंग जोडिएको पाइन्छ । अमेरिकाको २ सय सहरहरुमा मेक्सिकोबाट ९० प्रतिशत लागूपदार्थ पुग्छ । उन्नाइसौं शताब्दी अघिसम्म अमेरिकामा मदिरा बेच्ने गरेका मेक्सिसकन समूहहरु नै पछि अत्यधिक कमाइका लागि यो मार्गमा लागेका हुन् ।
सन् २०११ को सुरुमा त्यहां २८ हजार नागरिकलाई लागूपदार्थसम्बन्धी अभियोगमा पक्राउ गरिसकिएको छ भने थुप्रै सञ्चारकर्मीको हत्या भइसकेको छ । कारोबारीहरुले अनेक प्रपञ्च रचेर युवावर्गलाई यौन व्यवसाय र उमेर बढ्दै गएपछि लागूपदार्थ निर्माण हुने कारखानाका श्रमिक बनाउंछन् । हालै एक माफियाकी पत्नीले भर्खरका युवायुवतीलाई माया र उपहारको जालोमा फसाएर पछि शोषण गर्ने गरिएको खुलासा पनि गरेकी थिइन् । माफियाहरुले नेटवर्क विस्तारका लागि आकर्षक व्यक्तित्व भएका महिला र पुरुषलाई मनग्यै रकम दिएर युवा पुस्तालाई लोभ्याउने काममा लगाउने र विभिन्न खाले प्रलोभन र प्रेमको जालोमा फसाई युवायुवतीको बानी बिगार्ने, त्यसपछि खर्चका लागि नशा र देह व्यवसायमा युवायुवती धकेलिने त्यहांको नियति नै बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो