माओवादी–कोइराला भेटघाट, वैद्यले गरे आफ्नो भूमिकाको खोजी

६ आश्विन २०६९, शनिबार १९:१० मा प्रकाशित

काठमाडौं, ६ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसहित प्रमुख नेताहरु पम्फा भुषाल, नेत्रविक्रम चन्द ‘विप्लव’हरुले नेपाली कांग्रेसका सभापतिसंग भेट गरी राजनीतिक निकासका विषयमा छलफल गरेका छन् । चार राजनीतिक शक्तिले मात्र रष्ट्रिय मुद्दामा सहमति गर्न खोजेकोमा उनीहरुले कोइराला निवास महाराजगञ्जमा भएको भेटका अवसरमा आपत्ति जनाए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलसमेत सहभागी भएको सो भेटघाट तथा नेताहरुसंगको छलफलपछि नेकपा–माओवादी का प्रवक्ता पम्फा भुसालले चार दल मात्र बसेर निकास खोजेर राष्ट्रिय सहमति हुन नसक्ने दाबी गरिन् । उनले राष्ट्रिय मुद्दामा सबैको सहभागिताबाटसहमति खोजिनु पर्ने आफ्नो पार्टीको धारणा रहेको उल्लेख गरिन् । बाबुराम भट्टराई नेतृत्वको सरकारले निर्वाचन गराउन नसक्ने भन्दै राष्ट्रि सरकार गठन हुनुपर्ने लगायतका विषयमा छलफल भएको उनले जानकारी दिइन् । गोलमेच सम्मेलनबाट सहमति खोजेर अगाडि बढ्नुपर्ने धारणा राख्दैआएको नेकपा–माओवादीले निर्वाचनबाट थप जटिलता आउन सक्ने बताएको छ ।
सो अवसरमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिका लागि सबै दलबीच छलफल हुनुपर्ने विषयमा आफूहरु सहमत रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री