क्यानाडामा शान्ति दिवश मनाईयो

६ आश्विन २०६९, शनिबार १९:०९ मा प्रकाशित

क्यानाडा । ३१ औँ शान्ति दिवसको अवसर पारेर क्यानाडाको बिसाल टोरोन्टोमा सेप्टम्बर १९ गते बुद्धिजिबी नेपालीहरुको समुह सरोकार नेपाल (Concern Nepal) ले ईन्टरन्यासलन डे अफ पिस (International day of peace) मनाएको छ। कार्यक्रमको मुख्य उदेश्य नेपालमा शान्ति शिध्र स्थापना गर्न र यसलाई दिगो बनाउनका लागि मुलुक बाहिरका नेपालीहरुको आवाज तथस्तरुपमा नेपाली राजनैतिक दलहरु समक्ष पुर्याउनु थियो। कार्यक्रमको संयोजन गोबिन्द सिवाकोटिले गर्नु भएको थियो। शान्ति दिवस मनाउन आयोजना गरेको उक्त कार्यक्रममा तीनजना बक्ताहरुले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा कार्यपत्र प्रस्तुत गरे पछि उपस्थित सोत्राका प्रश्न र टिप्पणिका लागि समय दिईएको थियो।

बिश्लेशक चन्द्र राईले नेपालको राजनैतिक ईतिहासको बिशलेण गर्दै अब कस्तो राजनैतिक परिदृश्यको सम्भाबित छ भन्ने बिबरण सहित प्रस्तुत गर्नु भयो। वाँहाले राणा काल, पँचायत, प्रजातन्त्र पुनर्बाहालि हुँदा देखिनै कहाँ कहाँ त्रुटि बए भन्ने औल्याउदै दिगो शान्ती राजनैतिक स्थिरताबाट मात्र सम्भव छ भन्नु भयो। नेपालमा राजतन्त्रको अन्त्यको बारेमा जनता र राजनैतिक पार्टिहरु बिच बुझाई भिन्नता रहेको पनि तथस्ट चर्चा गर्नु भयो।

डा. तुलसि धरेलले नेपालमा शान्ति स्थापना र त्यसको दिर्गकालिन हासिल आर्थिक परिबर्तनबाट मात्र सम्भव हुन्छ भन्ने मुल बिषयलाई आधार बनाएर कार्यपत्र प्रोजेक्टरको पर्दाबाट प्रस्तुत गर्नु भएको थियो। रोजगारले मानिसलाई आफ्नो आधारभूत कुराहरु पुरा गराउछ र मानिसले बिरोध, असहमति र बिध्वँसको बाटो नलिई शान्ति संघ जीवन यापन गर्छ भन्ने तर्क डा. धरेलको थियो।

डा. राजन पोख्रेलले आफ्नो कार्यपत्र सृष्ट्रिकाल देखि आरम्ब गरि शान्तिलाई मुख्यत दुई प्रकारले संबोधन गर्न सकिने तथ्य वाचन गरेर सुनाउनु भयो। वहाँले प्रसिद्द बैज्ञानिक चार्ल्स डारविन र काल मार्कसको सिदान्तले समाजलाई कसरी ब्याख्या गरेको भन्ने प्रसँग जोड्दै आदिमकालमा मानिसहरु ईश्वरिय र आध्यात्मिक चिन्तन बाट शान्ति प्राप्त गर्थे भन्नुभयो। समय दौरान सगै प्राप्त उपलब्धिहरु समय सापेक्षित बुझ्नु पर्ने वहाँको जोड थियो। समय र चेतनाको प्रबाहले एक पछि अर्को गर्दै सापेक्षिक रुपमा वरपर प्रभाव स्थापति हुन्छ भन्ने तर्कका साथ आफ्नो कार्य पत्रमा नेपालमा शान्तिका लागि धेरै परिबर्तनहरु भए र ती परिबर्तनहरुमा अशान्ति चाहाने प्रबितिले भुमिका खेल्यो र नेपालमा दिगो शान्ति हुन सकेन भन्ने तर्क पेश गर्नु भयो।

प्रश्न उत्तर पछि सहभागि असोक खड्काले कार्यक्रम हुदाँ हुदै कबिता लेखी वाचन गर्नु भएको थियो। गोबिन्द खत्रीले नेपालमा शान्ति स्थापना गर्नका लागि अबको राजनिति नयाँ पुस्तालाई हस्तानतरण गर्नु पर्छ भन्ने तर्क राख्नु भयो। अर्का बक्ता सुबास बि.क.ले नेपालमा दिगो शान्तिकालागि यस्ता प्रकारका कार्यक्रमहरुले धेरैनै भुमिका रहेने कुरा छोटोरुपमा राख्नु भएको थियो।

अन्त्यमा संयोजक गोबिन्द सिवाकोटीले कार्यक्रमको औपचारिक समापन गरे पछि कार्यक्रम अन्त्य भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

काठमाडौं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’