दशैंअघि नै कांग्रेस नेतृत्वको सरकार : माधव नेपाल

६ आश्विन २०६९, शनिबार १९:०९ मा प्रकाशित

 काठमाडौ, ६ असोज । नेकपा एमालेका वरिष्ठ नेता माधकुमार नेपालले एकीकृत नेकपा माओवादी र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले आफूसँग सहमतिको सरकारको नेतृत्वका लागि आफूहरुले दावी नगर्ने प्रतिबद्धता ब्यक्त गरेको खुलासा गरेका छन् । एक निजी टीभी च्यानलका लागि अन्तरवार्ता दिने क्रममा उनले त्यही कारणले नै शुक्रवारको बैठकमा आफूले नेपाली कांग्रेसलाई नेतृत्व दिन प्रस्ताव गरेको बताए ।

उनले माओवादी र एमालेले दुई–दुई पटक नेतृत्व गरिसकेकोले पनि सहमतिको सरकारको लागि काग्रेसको नेतृत्व उपयुक्त हुने भन्दै कांग्रेसलाई तत्काल उमेदवार घोषणा गर्न आब्हान गरे । उनले कांग्रेसले तत्काल नेतृत्वको टुङगो नलगाए फेरि पनि अप्ठ्यारो अवस्था आउने भन्दै छिटो उमेदवार घोषणा नगरे कांग्रेसको नेतृत्वको सम्भावना क्षीण बन्ने चेतावनी समेत दिए ।
माओवादीको नियत अझै पनि खराव रहेको औंल्याउंदे नेपालले भने– ‘उसले फेरि पनि बखेडा खडा गर्न सक्छ, माओवादीले सहज रुपमा सरकार गठन गर्न दिनेछ भन्नेमा मलाई अझै पनि विश्वास छैन ।’
दशैंअघि नै कांग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्ने भन्दै नेपालले बैशाखमा संविधानसभा, संसद र स्थानीय निकायको निर्वाचन गर्ने गरी निर्वाचनमा जानुपर्ने बताए । तोकिएको समयमा निर्वाचन गर्न नसके असफल सरकार तत्काल हटाएर नयाँ सरकार निर्माण गर्नुपर्नेमा समेत स्पष्ट दलहरुवीच सहमति हुनुपर्ने धारणा राखे । ६ महिना संविधानसभाको भूमिकामा काम गरेर संविधान जारी गर्नुपर्ने र बाँकी अवधी संसदको भूमिका खेल्नुपर्ने उनको तर्क छ । प्रधानमन्त्री भट्टराई इतिहासकै सबैभन्दा असफल, अयोग्य, कमिशनतन्त्र र भ्रष्टचारको नमुना बनेको आरोप पूर्वप्रधानमन्त्री रहिसकेका नेपालले लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो नेतृत्वमा सरकारमा सहभागी नहुने बताएका छन् । यसअघि उपप्रधानमन्त्रीसहित

काठमाडौँ – साताको पहिलो र दोस्रो दिन उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ ।

काठमाडौँ । यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ । विश्वका

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका छन् । प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय