धार्मिक भ्रमणमा निस्केका पूर्वराजाको यस्तो छ बांकी कार्यक्रम

६ आश्विन २०६९, शनिबार १५:२० मा प्रकाशित

काठमाडौं, ६ असोज । धार्मिक भ्रमणका लागि गत ४ गते बिहिबार पोखरा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार बाग्लुङ र पर्वतका मठमन्दिरको दर्शन गर्नुभएको छ । दर्शनका लागि शनिबार बिहान आफै मोटर चलाएर पोखराबाट त्यसतर्फ प्रस्थान गर्नुभएका शाहले बाग्लुङको कालिका भगवती र पर्वतको गायत्री मन्दिरमा दर्शन तथा पूजाआजा गर्नुभएको काय मुल स्वागत समितिका प्रचार संयोजक अर्जुन बस्नेतले जनाएका छन् । शनिबार दिउंसो १२ बजे कालिका भगवतीको पूज ागर्न पोखराबाट बाग्लुङ जाने क्रममा पूर्वराजालाई करिब ३ सय मोटरसाइकल सवारले स्कर्टिङ गरेका थिए भने बाग्लुङमा राप्रपा नेपालका कार्यकर्ता र सर्वसाधारणले उहांको जयजयकार गर्दै स्वागत गरेका थिए । पूर्वराजा शाह बास बस्न पोखरा नै फर्कनुहुने पनि बस्नेतले जनाए । शुक्रबार म्याग्दी जाने पूर्वराजाको कार्यक्रम रद्द गरिएको थियो ।
आइतबार पूर्वराजा ज्ञानेन्द्रले स्याङजाको बुढीखोलास्थित धनेश्वर महादेव मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ भने सोमबार तनहुंको पञ्चदेवी मन्दिर पुगेर पोखरै फर्कने बताइएको छ । मंगलबार भने पोखराकै विन्ध्यबासिनी मन्दिर दर्शन गर्ने स्वागत समितिका संयोजक गणेशबहादुर गुरुङले जानकारी दिएका छन् । पूर्वराजालाई पोखरामा नालाको मुखदेखि विन्ध्याबासिनी मन्दिरसम्म नागरिक अभिनन्दनसहित लगिने कार्यक्रम रहेको पनि बताइएको छ ।
भ्रमणको अन्तिम दिन १० गते फेवातालपारीको शान्तिस्तुपको भ्रमणपछि ताल किनारको बसुन्धरापार्कमा शुभेच्छुकहरुसंग भेटघाटको कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रोल्पा । रोल्पा जिल्लामा नेपाली कांग्रेसले १० वटा नगरपालिका र गाउँपालिकामा अधिवेशन सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन