‘मधेस टाइगर’ भन्दै चन्दा असुल्ने पक्राउ

६ आश्विन २०६९, शनिबार १०:२५ मा प्रकाशित

काठमाडौं, ६ असोज । युनाइटेड लिबरेसन फ्रन्ट अफ नेपाल नामक भूमिगत समूहका सदस्य ललितपुर च्यासल बस्ने सिन्धुली जिल्ला पुरानो झाँगाझोली घर भएका २२ बर्षीय सन्देश भन्ने भिमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनी खुकुरी प्रहार गरी ज्यान मारेको घटनामा संलग्न मुख्य अभियुक्त भएको प्रहरीले जनाएको छ ।

गत २०६४ साल भदौ १५ गते काठमाडौं महानगरपालिका–३४ शंखमुल बस्ने डडेल्धुरा जिल्ला अमरगढी–४ घर भएका ४२ बर्षीय दिपकबिक्रम भण्डारीलाई खुकुरी प्रहार गरी हत्या गरेको घटनामा निज संलग्न रही फरार रहेका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी बृत्त बानेश्वरको संयुक्त प्रहरी टोलीले निजलाई असोज ४ गते १६ः३० बजे ललितपुरस्थित कृष्णमन्दिर नजिक रहेको थाला क्याफेबाट पक्राउ गरेको थियो ।

यसैगरी ‘तराई मधेश टाइगर्स जनतान्त्रिक पार्टीको आगामी असोज २३, २४ र २५ गते जनकपुरमा हुने राष्ट्रिय भेला सफल पार्नको लागि’ भन्दै बिर्तामोडमा चन्दा उठाइरहेको अवस्थामा चन्दा रसिद १० थान, बिभित्र ठाउँमा चन्दा माग गरेका पत्रहरु, स्ट्याम्प प्याड, नगद ४ लाख ९२ हजार रुपैयाँ र मोवाईल ६ थानसहित झापा जिल्ला पाचगाछी–३ बस्ने उक्त समूहका झापा जिल्ला अध्यक्ष दाबी गर्ने उपनाम आजात सिंह भत्रे उमेशकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । अन्दाजी २५ वर्षिय साहसमेत ५ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज