प्रचण्ड चोखै ! एमाओवादीका को–को विरुद्ध परे उजुरी ?

६ आश्विन २०६९, शनिबार १०:१५ मा प्रकाशित

काठमाडौं, ६ असोज । एमाओवादीभित्र भएका भ्रष्टाचारको छानबिन गर्न बनाइएका समितिहरू केवल औपचारिकता मात्र भएको पुष्टि हुन पुगेको छ । गत साउनमा काठमाडौंमा आयोजित विस्तारित बैठकमा लडाकुका नाममा व्यापक भ्रष्टाचार भएको भन्दै सहभागीबाट त्यसको छानबिनको माग भएपछि अमिक शेरचन र पोष्टबहादुर बोगटीको संयोजकत्वमा दुई बेग्लाबेग्लै समिति निर्माण गरिएका थिए । दुईमध्ये बोगटी नेतृत्वको छानबिन समितिले कुनै काम नै अघि बढाउन खोजेको छैन भने शेरचन नेतृत्वको समितिले पनि झारा टार्ने काम मात्र गरेको पाइएको छ । शेरचनले समयसीमा दिई उजुरी गर्न गरिएको सार्वजनिक आह्वानको समयसीमामा विभिन्न स्तरका जम्मा ६५ नेताविरुद्ध उजुरी परेको शेरचनले बताएका छन् । जो–जसका विरुद्ध उजुरी परेका भए पनि पार्टी ‘अध्यक्ष प्रचण्डविरुद्ध कुनै उजुरी नपरेको’ शेरचन निकटको सूत्रले जानकारी दिएको छ ।
०५२ सालमा युद्ध सुरु गरेयता पार्टीमा हालिमुहाली चलाउंदै आउनुभएका प्रचण्डले पार्टीको ‘मुख्य कोषाध्यक्ष’को भूमिका पनि निर्वाह गरिरहनुभएको एमाओवादीका नेताहरुले नै अनौपचारिक रुपमा बताउने गरेका छन् । विगतमा उठाइएका चन्दा, बैंक तथा अन्य संस्थाहरू लुटेर प्राप्त भएको आम्दानी र लेबीबाट प्राप्त रकममा प्रचण्डबाहेक अरू कसैको पनि नियन्त्रण थिएन र छैन । ०६३ सालमा खुला भएयता लडाकुका नाममा राज्यबाट उपलब्ध अर्बौं रुपैयांमा पनि प्रचण्डको मात्र नियन्त्रण रहेको थियो । प्रचण्डको जानकारीबिना एक रुपैयां तलमाथि गर्ने साहस, क्षमता र हैसियत आज पनि उक्त पार्टीमा अरू कसैसंग छैन । लडाकुको नाममा राज्यबाट लिएको रकम प्रचण्डकै कोषमा मात्र जम्मा हुने गरेको पार्टी पङ्क्तिलाई मात्र नभई आमदेशवासीलाई समेत जानकारी छ । क्यान्टोनमेन्टमा हुंदै नभएका करिब पांच हजार लडाकुको नाममा राज्यबाट गएको साढे तीन अर्बभन्दा बढी रुपैयां प्रचण्डबाट दुरुपयोग भएको अनुमान छ । खुला राजनीतिमा आएपछि उहांको जीवनशैलीमा भारी परिवर्तन आएको र अजय सुमार्गी, मनोजबहादुर श्रेष्ठ, उपेन्द्र महतो र कृष्ण आचार्यलगायतका व्यापारीहरूमार्फत् प्रचण्डले विभिन्न कम्पनीहरूमा ठूलो लगानी गर्नुभएको विश्वासका आधारमा देशभरि नै चर्चा हुने गरेको छ । तर, तिनै प्रचण्डको विरुद्धमा अमिक शेरचनसमक्ष एउटै उजुरी पनि परेको छैन या पर्न दिइएको छैन । एमाओवादीभित्र मुख्य भ्रष्टाचारीका रूपमा प्रचण्ड रहेको आरोप हालै मात्र विभाजित नेकपा–माओवादीका नेताहरूले लगाएका छन् । प्रचण्डमाथि छानबिन नभएपछि अन्यविरुद्ध उजुरी पर्नु या छानबिन हुनुको कुनै अर्थ नरहने ठानिन्छ । प्रचण्डको ‘नाक जोगाउन’ कसैलाई ‘बलिको बोको’ नै बनाइएछ भने पनि त्यसले भ्रष्टाचार नियन्त्रणमा कुनै योगदान पु¥याउने देखिंदैन ।
सम्बद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार एमाओवादी नेताहरू वर्षमान पुन अनन्त, हिसिला यमी, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा प्रभाकर, अग्नि सापकोटा, लोकेन्द्र विष्टमगर, चन्द्रबहादुर थापा सागरलगायत नेता तथा केही लडाकु कमान्डरहरूविरुद्ध अमिक शेरचनसमक्ष उजुरी परेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको