आइजीपी नियुक्तिमा यसरी जिल्लिएका थिए गच्छदार

६ आश्विन २०६९, शनिबार १०:१२ मा प्रकाशित

काठमाडौं, ६ असोज । आफूले चाहेको व्यक्तिलाई आईजीपी नियुक्त गर्न नपाए सरकार छोड्छु भनेर धम्की दिनुहुने उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले उनको रोजाइका व्यक्ति भीष्म प्रसाईंलाई आईजीपी बनाउन सकेनन्, तर उनले सरकार पनि छोडेनन् । गच्छदारको प्रयास कसरी असफल भयो र आईजीपी चयन गर्न नपाए पनि किन उनले सरकार छोडेनन् भन्ने सर्वत्र चासो र जिज्ञाशा अहिलेसम्म पनि आमतहमा रहेको पाइएको छ ।
प्राप्त जानकारीअनुसार गच्छदारले पहिले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रसाईंका पक्षमा कन्भिन्स गर्न प्रयास गरेका थिए । कुनै हालतमा पनि प्रधानमन्त्री कन्भिन्स हुने नदेखिएपछि गच्छदारले प्रधानमन्त्रीलाई सरकार छोड्छु भनेर धम्क्याउन थाले । त्यसरी एकातिर प्रधानमन्त्रीलाई धम्क्याएर गच्छदारले एमाओवादी अध्यक्ष प्रचण्डलाई भने अर्का एआईजीपी नवराज ढकाललाई आईजीपी बनाउन प्रस्ताव गरे र प्रचण्ड गच्छदारको कुरामा सहमत पनि भए । प्रचण्डले प्रधानमन्त्री भट्टराईलाई सम्पर्क गरी ढकाललाई आईजीपी बनाउन ‘निर्देशन’ दिएका थिए । पार्टी अध्यक्षको ‘निर्देशन’पश्चात् प्रधानमन्त्री पनि ढकाललाई नै आईजीपी बनाउने निष्कर्षमा पुगेका थिए । तर, विभिन्न व्यक्तिहरूसंगको छलफलपश्चात् प्रधानमन्त्रीले ढकाललाई आईजीपी बनाउने कुरा फिर्ता लिए र पुनः कुवेरसिंह रानाकै पक्षमा उभिए । उता गच्छदारले मधेसी मोर्चाभित्र महन्थ ठाकुरलगायतलाई कुवेरका विरुद्ध कन्भिन्स गर्ने प्रयास गरेका थिए । तर, आर्थिक लेनदेनका आधारमा गच्छदारले आईजीपी बनाउन प्रयास गरेको र बाह्र करोड रुपैयांको डिल भएको चर्चाका कारण मधेसी मोर्चासम्बद्ध नेताहरू पनि गच्छदारलाई साथ नदिने निष्कर्षमा पुगेका थिए । प्रत्यक्ष रूपमा मोर्चाका नेताहरूले गच्छदारका विरुद्ध कुनै अभिव्यक्ति नदिए पनि भित्रभित्रै उनीहरूले प्रधानमन्त्री बाबुराम भट्टराईलाई नै साथ दिने वचन दिइसकेका थिए । यसरी प्रधानमन्त्री आफ्नै अडानमा दृढ र मोर्चाका नेताहरूसमेत आफ्नो पक्षमा खुलेर नलागेको महसुस गरेपछि विजय गच्छदार हेरेको हे¥यै भएको र प्रधानमन्त्रीको अग्रसरतामा कुवेर रानालाई आईजीपी नियुक्त गर्ने कार्य सम्पन्न भएको थियो ।
विजय गच्छदारले कुनै हालतमा सत्ता छोड्न नसक्ने अनुमान प्रधानमन्त्रीलगायत सबैले पहिले नै गरेका थिए । नभन्दै उनले सरकार छोड्न सकेनन् । अहिले गच्छदार आईजीपी कुवेर रानासंग सीधा आंखाले हेर्न सक्ने अवस्थामा पनि छैनन्, तर आफूले नचाहेको व्यक्ति प्रहरी प्रमुख भएर आएपछि गच्छदारले आफ्नै मातहतको प्रहरी संगठन कसरी परिचालन गर्न सक्लान्, जिज्ञाशाको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको