अध्यागमन कार्यविधि संशोधन : खाडी, मलेसिया, थाइल्यान्ड जान २५० डलर बोके पुग्ने

१४ आश्विन २०७८, बिहीबार १७:१३ मा प्रकाशित

काठमाडौँ । सरकारले ‘अध्यागमन कार्यविधि, २०६५’ संशोधन गरेको छ। बुधबार गृह मन्त्रालयको मन्त्रीस्तरीय कार्यविधिको दफा ३.१ को उपदफा (२)को खण्ड (घ) संशोधन गरी विदेश जाँदा नेपाली नागरिकले बोक्न पाउने विदेशी मुद्राको दर तोकेको हो।

मन्त्रालयको सीमा तथा अध्यागमन शाखाका अनुसार यसअघि खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम पाँच सय अमेरिकी डलर वा उक्त रकमबराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण’ आवश्यक पर्ने भन्ने व्यवस्थामा परिवर्तन गरिएको हो।

संशोधित व्यवस्थाअनुसार युरोप, अमेरिका, जापान, कोरिया जानेको हकमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा पाँच सय अमेरिकी डलर वा उक्त रकमबराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण भए पुग्नेछ।

त्यस्तै, खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया, थाइल्यान्डको हकमा दुई सय ५० डलर र यसबाहेकका देशहरूमा पाँच अमेरिकी डलर वा सो रकमबराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण चाहिने व्यवस्था गरिएको छ।

संशोधित कार्यविधिमा विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त क वर्गको बैंकबाट सटही गर्ने र सटही गर्दा व्यक्ति स्वयं उपस्थित भएर आयस्रोत खुलाउनुपर्ने अनिवार्य व्यवस्था समावेश गरिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

क्यानबेरा । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य

एजेन्सी । जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड–१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय

विश्व स्वास्थ्य संगठन (डब्लूचओ) ले दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र फैलिरहेको जनाएको छ । नयाँ भेरियन्टका कारण कोरोनाभाइरसविरुद्धको खोप

काठमाण्डौं । अस्ट्रेलियाले पूर्ण खोप लगाएकाहरुलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि देश प्रवेश गर्न अनुमति दिने भएको छ ।