प्रसुतीगृहमा फेरि संक्रमण

६ आश्विन २०६९, शनिबार ०९:४६ मा प्रकाशित

काठमाडौं, ६ असोज । नेपालकै पुरानो प्रसूतिगृहको लापरबाहीको घटना बाहिर आएपछि बच्चा जन्माउन आउनेको संख्या कम हुन थालेको परिवेशमा प्रसुतीगृहमा एक साताको तनावपछि फेरि तनाव सुरु भएको छ । पूर्णरुपले सफाई गरिएको अस्पतालले दाबी गरे पनि पुनः संक्रमण देखिएपछि शल्यक्रियाको काम फेरि पनि बन्द गरिएको छ ।
सो अस्पतालमा सुत्केरी गराउन आएकी २४ वर्षे चम्पा पुरीलाई शल्यक्रियापछि संक्रमण भएको बुझिएको छ । सो घटनापछि बच्चा जन्माउने व्यथा लागेर आकस्मिक कक्षमा आउने फाट्टफुट्ट बिरामीलाई पनि भर्ना नलिई अस्पतलले फर्काइरहेको छ ।
एक साताअघि अस्पतालको शल्यक्रिया कक्षमा संक्रमण देखिएपछि चार दिनसम्म अस्पताल बन्द गरिएको थियो । बन्दपछि गत बुधबार अस्पतालको सेवा सुचारु गरिएको हो । त्यसयता शल्यक्रिया गरेकी महिलामा पनि उस्तै समस्या देखिएको हो । बिहीबार राति शल्यक्रिया गरिएकी पुरीलाई टाउको दुख्ने, बान्ता हुने रिंगटा लाग्ने समस्या देखिएपछि रातिदेखि नै उनको आईसीयू कक्षमा उपचार भइरहेको छ । अस्पतालले भने घटनाबारे बाहिर जानकारी नहोस् भन्दै सूचना लुकाउन खोजेको छ ।
शल्यक्रिया गरिसकेकी महिलामा पुनः संक्रमण फैलिएको खबरले बिहीबार राति अस्पताल तनावपूर्ण बन्यो । घटनाबारे जानकारी लिन रातको ११ बजे दौडधुप गर्दै निर्देशक शिला बर्मा लगायत अस्पतालका उच्च पदाधिकारी जम्मा भएको अस्पताल स्रोतको कथन छ । महिलाको अवस्था चिन्ताजनक भएपछि उनीहरूले नै आईसीयू कक्षमा भर्ना गरेका थिए । विगत एक साताअघिदेखि संक्रमण के कारणले फैलिएको भन्नेबारे अस्पतालले जानकारी दिएको छैन । उच्च स्रोतका अनुसार कसैले गुणस्तरहीन औषधि र कसैले चिकित्सकले प्रयोग गर्ने पन्जाबाट हुनसक्ने आशंका गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार