भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले दोस्रो वार्षिक उत्सब मनायो

५ आश्विन २०६९, शुक्रबार २३:३३ मा प्रकाशित

मुक काजी गुरुङ, हङकङ । भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले जोर्डन स्थित फुलबारी क्लबमा आफ्नो स्थापनाको दोस्रो वार्षिक उत्सव एक रात्री भोजको आयोजना गरि मनाए। हङकङमा बसोबास गर्दै आईरहेका भारतीय गोर्खा भूपू सैनिकहरूको जमघट बिच संघको लोगो अंकित केक काटी एक आपसमा दलेर उल्लासमय बातावरणमा वार्षिक उत्सव मनाए।

संघका सचिव दुर्जोधन लिम्बुले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष जजिन चाम्लिङले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष जंग बहादुर गुरुङले हातमा हात र कांधमा कांध मिलाई संघलाई आजको यो स्थिति सम्म ल्याई पुर्‍याउंनु हुने सम्पूर्ण पदाधिकारी, सल्लाहकार र सदस्यहरुलाई धन्यवाद ज्ञापन ब्यक्त गरे साथै संघको गतिबिधिहरुलाई संसारभरि प्रचारप्रसार गरिदिने मिडियाकर्मीहरुलाई पनि बिशेष धन्यवाद दिएका थिए र हालसम्म संघमा ८९ जनाले आजीवन सदस्यता लिई सकेका छन भने दिनप्रतिदिन सदस्यता लिनेहरुको संख्या बढि रहेको पनि अध्यक्ष गुरुङले जानकारी गराए।

हालै संघमा सदस्यता लिने दुई भूपू सैनिकहरूलाई पनि खादा लगाई सम्मानपूर्वक संघमा आबद्ध गराईएको थियो भने संधले गत २६ अगस्टको दिन सम्पन्न द्दितीय भीसी सांझलाई उल्लेखनिय सहयोग गर्ने सदस्यहरू तथा कार्यक्रममा रोचक खुकुरी नाच प्रदर्शन गर्ने टोलीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा ब्रिटिस गोर्खा भूपू सैनिक संघका अध्यक्ष हेमप्रताप गुरुङ तथा उपाध्यक्ष नरहाङ राईको साथमा अन्य केहि सदस्यहरुको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र