चुम्बन गर्दा चलचित्रबाट आउट भइन् सुष्मा

५ आश्विन २०६९, शुक्रबार २१:५८ मा प्रकाशित

काठमाडौं । नायिकाका रुपमा खासै जम्न नसकेपनि आइटम डान्सबाट केही चर्चा बटुलेकी सुष्मा कार्कीले पुनः अर्को चर्तिकला देखाइन्, जसका कारण उनी सिनेमाबाटै आउट भएकी छिन् । ‘द वार’को सुटिङ स्थलमै प्रेमीस“ग अ“गालिंदै धमाधम चुम्बन मात्रै गर्नथालेपछि उनलाई सिनेमाबाट हटाउन बाध्य भएको निर्माता सुबोध भट्टले बताए ।

भट्टले सुष्माको प्रेमीको लजिङफुडिङको खर्च समेत बेहोर्नुपरेको बताए । सुष्माको प्रेमीले घुट्काएको वियरको पैसा भने आफूले नतिरेको उनको भनाइ छ । सुष्माको चर्तिकलाबाट सुटिङ युनिट कतिसम्म गलेछ भने प्राविधिकहरुले सुष्माको सट्टा अर्को व्यक्ति ल्याए थप पैसा नलिने भनेछन्, भट्टलाई ।

सुष्माले सुटिङको अघिल्लो दिन नै सिनेमामा नखेल्ने अड्डी कसेकी थिइन् । तर भट्टले क्षतिपर्ूर्ति लिने भनेपछि उनी प्रेमी र भाइसहित जिप रिजर्भ गरेर धनगढी पुगेकी थिइन् । निर्माण पक्षले प्लेनको टिकट उपलब्ध गराउने बताएपनि उनी जबरजस्ती २० हजार रुपिया“मा जिप रिजर्भ गरेर गएकी हुन् । ‘सुष्मा परिवारै लिएर आएपछि मैले नै पाल्नुपर्ने अवस्था आयो,’ उनले भने ।

सुष्मालाई हटाएपछि कसलाई लिने भन्ने टुंगो लागिसकेको छैन । ५० लाख रुपिया“ लागतमा सिनेमा प्याकअप गर्ने योजना छ ।
Source:FilmNepal

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक