पुनस्थापनामै पुनः सहमती हुनसक्छ : मन्त्री त्रिपाठी

५ आश्विन २०६९, शुक्रबार २१:२८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ५ असोज । प्रमुख राजनीतिक दलहरुबीच संबिधानसभाको निर्बाचनमा जाने सहमती भएका बेला तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता एवं भौतिक योजना तथा निर्माणमन्त्री हृदयस त्रिपाठीले भने संविधानसभाको पुनस्र्थापना गर्ने बिषयमा दलहरुबीच पुन सहमती हुनसक्ने दाबी गरेका छन् ।

संबिधानसभाको निर्वाचनमा जाने जनमत भन्दा दलहरुबिच बिवादित बिषयमा सहमती कायम गरी केही समयका लागि संबिधानसभा पुनस्र्थापना गरेर संबिधान जारी गनुपर्छ भन्ने जनमत ठुलो रहेको बताउदै उनले सबै पार्टीका कार्यकर्ताहरुले पनि नेताहरुलाई दबाब दिएर अन्ततोगत्वा दलहरुबिच संबिधानसभाको पुनस्थापनमै सहमती कायम हुने दाबी गरे ।
दलहरुबिच संबिधानसभाको निर्वाचनमा जाने सहमती भएपनि आन्तरीक रुपमा दलहरु निर्वाचनमा जान डराईरहेको बताउदै मन्त्रि त्रिपाठीले संबिधानका बिवादीत बिषयमा सहमती कायम गरी केही समयका लागि मात्रै भएपनि संबिधानसभाको पुनस्थापनानै उपयुत्त बिकल्प हुने बिचार ब्यक्त गरे ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी अञ्चल शाखाद्घारा शुक्रबार भैरहवामा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै तमलोपाका नेता त्रिपाठीले संघियतासम्बन्धि बिवादकै कारण संबिधान बन्न नसकेको प्रस्ट्याए । संघियता भनेको सिमाङ्कन र रेखाङ्कन मात्र नभएर अधिकारको बांडफाड र पहीचान भएको बताउदै मन्त्रि त्रिपाठीले सिमाङ्कन र रेखाङ्कनमा अनाबस्यक बिवाद निकाल्दा संघियताको मुद्दा जटील बन्न पुगि संबिधाननै नबनाई संबिधानसभा भङ्ग भएको उल्लेख गरे ।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुरयाउनेतर्फ राजनितिक दलहरुले नसोचेको आरोप लगाउदै उनले शान्ति प्रक्रिया प्रति असहमती जनाउदै नयां पार्टी गठन गर्न पुगेको नेकपा–माओवादीलाई कम आंक्न नहुने कुरामा जोड दिए ।
प्रधानमन्त्रि डा. बाबुराम भट्टराईको राजिनामाको प्रसङ्ग उल्लेख गर्दै उनले काम चलाउ सरकारको राजिनामा मागेर डबल काम चलाउ सरकार गठन गर्ने भनि प्रति प्रश्न गरे ।सरकार राष्ट्रिय सहमतिको बाधक नबन्ने पष्ट्याउंदै मन्त्री त्रिपाठीले अब बन्ने सरकार ‘संबिधानको धाराबिहीन सरकार’ बन्ने तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा