चुनावमा जाने, तर बाबुरामको नेतृत्वमा होइन : नेपाली कांग्रेस

५ आश्विन २०६९, शुक्रबार २१:१३ मा प्रकाशित

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकले कांग्रेसकै नेतृत्वमा निर्वाचनका लागि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने निर्क्यौल निकालेको छ । सभापति सुशील कोइरालाको निवासमा बसेको पदाधिकारी बैठकले कांग्रेसले बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारको नेतृत्वमा नयाँ निर्वाचनमा जान नसकिने किटान पनि गरेको छ ।
मधेसी मोर्चासहित प्रमुख तीन दलको बुधबार बसेको बैठकले संविधानसभा पुनःस्थापनाभन्दा नयाँ निर्वाचनमा जाने सैद्धान्तिक सहमति जनाएको थियो । प्रधानमन्त्रीलाई हटाउने मुद्दाको टुंगो नलगाई निर्वाचनमा जाने सहमति गरेको भनी पार्टीपंक्तिबाटै कांग्रेस नेतृत्वको तिब्र आलोचना सुरु भएपछि बैठकले कांग्रेसको नेतृत्वमा निर्वाचनका लागि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने निर्क्यौल निकाल्दै यसका लागि दलहरूबीचको संवाद कार्यलाई निरन्तर अगाडि बढाउने निचोड निकालेको हो ।
कांग्रेसको यस निर्णयबाट प्रधानमन्त्री बाबुराम भट्टराई आक्रोशित भएको बालुवाटार सुत्रले जनाएको छ भने आमकांग्रेस कार्यकर्ताले पार्टीले यस निर्णयलाई अडानका साथ कार्यान्वयनको दिशामा लैजानु पर्ने जनाएका छन् ।
यसैगरी, कांग्रेसले वर्तमान राजनीतिक संकट समाधानका विषयमा हुने छलफलमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीलाई सहभागि नगराए छलफल वा बैठकले ठोस परिणाम हासिल गर्न नसक्ने ठहर पनि गरेको छ । पदाधिकारी बैठकले तीन दल र मधेसी मोर्चाले मात्रै सहमति गरेर निकास निकाल्न नसक्ने ठहर गर्दै छलफलका क्रममाअन्य दलहरुलाई पनि सहभागि गराउदै जानु पर्ने ठहर गरेको हो।
ुतीन दल र मोर्चा मात्रै बसेर छलफल गरेर भएका सहमति गराउन सकिदैनु बैठकपछि कांग्रेस नेता रामशरण महतले भने, ‘सहमतिलाई कार्यन्वयन गराउन बैद्यजीले नेतृत्व गरेको माओवादी र उपेन्द्र यादवजीले नेतृत्य गरेको मधेसी जनअधिकार फोरमलाई पनि सहभागि गराउनु पर्छ भन्ने कांग्रेसको निचोड हो।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल