अब संविधानसभाबाट विवादित विषय टुंगो लाग्दैन : सिंह, पूर्वराजाले भ्रमण गर्न पाउनुपर्छ : नेपाल

५ आश्विन २०६९, शुक्रबार २१:११ मा प्रकाशित

काठमाडौं, ५ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहको गण्डकी र धौलागिरि भ्रमणलाई लिएर भइरहेका विरोध प्रदर्शनप्रति एमाले वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । गणेशमान सिंह स्मृति केन्द्र टोखाले शुक्रबार काठमाडौंमा गरेको स्मृतिसभामा उनले नेपालका सबै क्षेत्रमा भ्रमण गर्न पाउनु हरेक नागरिकको अधिकार रहेको बताए । यसअघि नेता नेपालसमेत पूर्वराजाको भ्रमणविरुद्ध उभिएका समाचार सार्वजनिक भएका थिए । ‘सोही कार्यक्रममा उनले सत्ता कव्जाको मानसिकता वोकेर हिँडिरहेको एमाओवादी यही अवस्थामा सरकार छाड्ने मनस्थितिमा नरहेको दाबी पनि गरे ।
कार्यक्रममा कांग्रेस महामन्त्री प्रकाशमान सिंहले संविधानसभामा रहेका विवादित विषयलाई जनमतसंग्रहबाट टुंग्याउनु पर्ने सुझाव दिए । फेरि निर्वाचनबाट बन्ने संविधानसभाले संविधानका विवादित विषयमा सहमति जुटाउन नसक्ने नेता सिंहको धारणा थियो। उनले विवादित विषयमा जनमत संग्रह उपयुक्त विकल्प रहेको बताए । सरकारले सहमतिविना नयाँ निर्वाचनको घोषणा गरेकै कारण देश संवैधानिक संकटमा फसेको आरोप सिंहको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

काठमाडौं । जसपा नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’को सपना देखेर एकीकृत माओवादी त्यागेको ६  वर्ष पूरा भएको छ । संविधान

काठमाडौं । यदि संसद् सचिवालयमा कार्यरत एक महिलासँग अन्तरंग सम्बन्ध जोडिएको घटना सार्वजनिक नभएको कृष्णबहादुर महराले अहिले माओवादी केन्द्रमा ठूलै

काठमाडौं ।सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्री नियुक्त गर्नुअघि राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्नुपर्ने सहमति भएको छ ।