हिन्दु राष्टका लागि राप्रपा नेपाल बन्दुक बोक्न तयार

५ आश्विन २०६९, शुक्रबार २१:०८ मा प्रकाशित

काठमाडौं, ५ असोज । जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार गोरखा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले धार्मिक भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमण विथोल्न बन्दको घोषणा गरिए पनि पूर्व राजसंस्थाप्रतिको आस्था र विश्वास कसैले बन्द गर्न नसक्ने अभिव्यक्ति दिएका छन् । जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार गोरखा पुगेका उनले पूर्वराजाको भ्रमण प्रभावित गर्न जिल्ला नै बन्द गर्नु संवैधानिक नागरिक अधिकार र पूर्वराजाको मानव अधिकारमाथि हस्तक्षप भएको दाबी गरे।
ुकांग्रेस(एमालेजस्ता प्रजातान्त्रिक दलले पनि बन्द आह्‍वान गरेकोमा आफूलाई आश्चर्य लागेको भन्दै थापाले लोकतन्त्रको चर्को वकालत गर्ने दलहरुले यस्तो कार्य गर्नु गम्भीर विषय भएको धारणा राखे । पूर्व राजाले धार्मिक स्थल भ्रमण गर्दा गणतन्त्र खतरामा परेको बताउने दलहरुले ल्याएको गणतन्त्र कृत्रिम धरातलमा लादिएको थापाको भनाई थियो। उनले हिन्दू राष्ट्रको पहिचान मेटाउन प्रयास गरे आफ्नो पार्टी बन्दुक बोकेर निस्कने समेत चेतावनी दिए ।
पूर्वराजा ज्ञानेन्द्रको शुक्रबार म्याग्दीको बेनीस्थित शिवालय मन्दिर र शनिबार बिहान घतानमा रहेको गलेश्वर मन्दिर दर्शन र पूजाआजा गर्ने कार्यक्रमलाई विथोल्न म्याग्दीका राजनीतिक दलले शुक्रबार बन्दको घोषणा गरेको थियो। सुरक्षाका कारण पूर्व राजाले भ्रमण स्थगित गरेपछि बन्द स्वतः खुलेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार