माओवादी नेतृत्वमाथि चार अर्बको उजुरी

५ आश्विन २०६९, शुक्रबार २१:०५ मा प्रकाशित

काठमाडौं, ५ असोज । लडाकुको नाममा दुरुपयोग भएको रकम छानविनको माग गर्दै एमाले भातृ संगठन युवा संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ ।युवा संघका पदाधिकारीहरुले शुक्रबार अख्यितारका सहसचिव इश्वरीप्रसाद पौडेललाई भेटी प्राप्त प्रमाणहरुसहित उजुरी दिएका हन् । उजुरीमा एमाओवादीले चार अर्ब भन्दा बढी रकम दुरुपयोग गरेको दाबी गरिएको छ ।
उजुरीमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई र सरकारको तर्फबाट लडाकुहरुको एकमुष्ट रकम लिने नेता कृष्णबहादुर महरालाई विपक्षी बनाइएको छ । उनीहरुले रकम दुरुपयोग भएकोबारे विभिन्न संचार माध्यममा आएका तथ्यहरुलाई प्रमाणको रुपमा सिडी तयार गरी उजुरीसँग बुझाएका छन् ।
लडाकुहरुको बर्गिकरणका बेला झण्डै २५ सय भन्दा बढी लडाकु गायब भएको समाचार सार्वजनिक भएको थियो । लडाकु गायब भएपनि उनीहरुको नाममा भने राज्यकोषबाट रकम एमाओवादीले लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा