बुलबुलका लागि प्रेमदिवसको सम्झना . . .-सुमी प्रकृति

५ आश्विन २०६९, शुक्रबार २०:२१ मा प्रकाशित

प्रिय प्रेम,
मैले फेरी तिमीलाई सम्झिए दिलैदेखि सम्झिए । फेरी बसन्त ऋतु आयो,पालुवाहरु पलाउन थाले ,फूलमा कोपिला लाग्न थाले,कति फक्रन थाले पछ्याउदै प्रेम दिबस आयो ,मैले तिमीलाई सम्झिए,बेस्सरी सम्झिए । थाह छ प्रेम जबजब बसन्त ऋतु प्रेम दिबस लिएर भित्रिन्थ्यो मन एकतमासको हुन्थ्यो तिम्रै यादमा, भेट हुने कुनै आश थिएन । बितेका १२ औ बसन्तमा माया र प्रेमको मिलन असम्भब बनाइदिएको थियो समयले देशको परिस्थितीले । मलाइ यहि डर थियो जिन्दगीभर भेट हुदैन की ?तिमी यसरी बेपत्ता भयौ मलाइ लाग्यो साँच्चै तिमी जङगल पस्यौ र जङगली भयौ । अब तिमीसँग मुटु छैन जसले माया सगाल्छ अनुभुति गर्छ ।
अब तिम्रा हातले बन्दुक उठाउछन रे, तिमी मान्छेको छातीलाई निसाना बनाउछौ रे वा मुटुले यस्तै बुझ्यो म तिमीसग डराए तर बिर्षन सकिन सगै फूलबारीको फूल चुडेर बदमासी गरेको यिनै बसन्त ऋतुभित्र । जबजब फुलबारीको याद आउथ्यो तिम्रो याद आउथ्यो म दौडदै फुलबारीमा पुग्थे ,तिमी त्यहाँ हुदैनथ्यौ । म एक्ली हुन्थे र बेस्सरी रुन्थे त्यतिबेला पनि । फुलबारीमा पनि म रमाउन सकिन तिम्रो अभाबमा ।
पछि म बाटिकामा जानै छोडे । तिम्रो याद आउने र रुन मन लाउने डरले । मलाइ याद छ तिमीलाइ रातो गुलाब खुबै मन पर्थ्यो तिमी धेरै त्यही चुड्थ्यौ आफ्नो कानको माथि राख्दा खस्थ्यो अनि तिमी जबरजस्ती मेरो चुल्ठोमा घुसारीदिन्थ्यौ,म रुन्थे आमाले कोरीदिएको कपाल बिगार्यो भन्दै ।
प्रेम, आज मलाइ यी सबै कुराको याद आयो रेडियो भन्दै थियो लडाकुको बिदाइ हुदै छ रे ।अब कोहि जङगली हुदैनन् रे मेरो देशमा ,सबै हातहतिगार थन्किसके रे,अब कोहि मान्छे राक्षस बन्दैनन् रे आफूजस्तै मान्छेलाइ बन्दुक तेर्याएर मार्र्ने अब त्यो सम्भाबनाको अन्त्य गरेर आउदैछ मेरो प्रेम ।
आज मेरो मन चङगा भएको छ ।फेरी मेरो प्रेम फर्केर आउनेछ । अब उसग बिद्रोह हुनेछैन,मुटुभरी माया सगालेर आउनेछ । प्रेम, फुलको अर्थ बुझ्ने भएकी छु अब म ।शायद तिमी त्यतिबेलै बुझ्थ्यौ त्यसैले हिड्ने दिन अघिल्लो दिन पनि तिमीले मेरो गणित किताबको १०२ पेजमा गुलाबको फुल राखेर गएका थियौ,अनि मलाइ भनेका थियौ “माया म मुत्ती खोज्न जान लाएको हामीजस्तै गरीबको लागी जीबन बन्दकी राखेर” कुन्नि कसले सिमायो तिमीलाइ यस्तो अनि तिमीले कति बुझ्यौ र भन्यौ ,म पनि जान्छु मैले यसै भने । क त गरीब तँलाइ त पुगेकै छ नी ।तेरो बाउ सामान्ती हो तँलाइ पुर्याउछ ।म बेस्सरी रोए मेरो बाबालाइ प्रेमले गाली गरेको सम्झेर ।
यो १२ बर्ष बीचमा कहिल्यै भेट भएन अनि टाढिएन याद पनि । अब फेरी प्रेम आउनेछ । अबको हाम्रो फुलबारीको बसाइ बेग्लै हुनेछ । हामी फेरी फुलबारी जानेछौ । म उसलाइ भन्नेछु प्रेमले बन्दुक उठाएको सुहाउदैन । जब प्रेम बिद्रोही बन्छ ,बन्दुक उठाउने साहस गर्छ उ मायाबाट टाढा हुनेछ । माया प्रेम छुट्टीएको दुनियाँ देख्न सक्दैन । सबैले खोजिरहेको माया प्रेम अब सँगै हुनेछन अनि म मेरो प्रेमलाइ यहि बाचा गराउनेछु रातो गुलाब साक्षी राखेर “प्रेम अब सधै मनमा माया राख्नु ल बिद्रोह होइन अनि हामी सबैलाइ माया प्रेमको अर्थ सिकाउनेछौ,आमाको रहर लनि यहि छ । त्यसैले अहिलेको प्रेम दिबस बिशेष हुनेछ ।
प्रेम,बिद्रोह जन्मिएको ठाँउमा गुलाब रोप्ने प्रण गरेर आउनु ल ,म तिम्रै प्रतिक्षामा बस्नेछु
उहि तिम्री
माया
शुमी प्रकृति
पालुङटार ५ गोरखा

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने

गरीबीका कारण अनलाइन कक्षा लिन नसकेका विद्यार्थीहरुका लागि भारतमा एक शिक्षकले विद्यार्थीहरुका लागि आफ्नो स्कूटरमै लाइब्रेरी बनाएका छन् । विद्यार्थीलाई

सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र