अमेरिकाको क्यालिफोर्नियामा नेपाल दिवस सम्पन्न

५ आश्विन २०६९, शुक्रबार १९:५६ मा प्रकाशित

अनिल पाण्डे, अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा नेपाल दिवस सम्पन्न भएको छ । नेपाल आमाप्रतिको राष्ट्रिय भावनाले ओतप्रोत र विदेशी भूमिमा बसेर पनि नेपाल र नेपाल आमाप्रति श्रद्धाभाव राख्दै यो दिवस मनाइएको हो ।

नेपालको लागि केही गर्न सकिन्छ भनेर संयुक्त राज्य अमेरिकाको पश्चिमी भेग क्यालिफोर्नियाको बे एरियामा स्थापित मदरल्यान्ड नेपालले गत सेप्टेम्बर १९ मा आयोजना गरेको नेपाल दिवस भब्य रुपमा सम्पन्न भएको छ । आशा गरेभन्दा निकै उत्साह साथ सम्पन्न उक्त नेपाल दिवस अन्य संस्थाहरुले आयोजना गरेभन्दा निकै अविस्मरणीय रहेको सहभागीहरुले बताएका छन् । नेपाल र नेपाली समुदायको पहिचान तथा प्रचारप्रसारका लागि सान होजे स्टेट युर्निभसिटीसंगको सहकार्यमा मदरल्यान्ड नेपालले नेपाल दिवस कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा विभिन्न नेपाली समुदायका सदस्य तथा विदेशहीको समेत उल्लेख्य सहभागिता रहेको थियो । नेपाल र नेपाली त यहाँ पो रहेछन् भन्ने महसुस भएको बताउने सहभागीहरुले कार्यक्रममा नेपाली खानाको स्वाद चाख्न पाउनुका साथै नेपालसम्बन्धी विविध पक्षको बारेमा जानकारी लिएका थिए । कार्यक्रममा एकतातिर नेपाली गीतहरु बजीरहेका थिए भने अर्कोतिर नेपाली पोशाक र रीतिरिवाजमा नृत्य समेत प्रस्तुत भइरहेका थिए । कार्यक्रममा नेपाली युवा युवक तुलाधरको चित्रकला तथा पेन्टिङ्ग पनि प्रस्तुत गरिएको थियो । सो अवसरमा अमेरिकाको सपना सम्बन्धी नेपाली चलचित्र पनि प्रस्तुत गरिएको थियो । उक्त चलचित्र विशुद्ध रुपमा क्यालिफोर्नियाको बे एरियामा छायाँकन गरिएको छ ।
कार्यक्रमको सभापति मदरल्यान्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेले गर्नुभएको थियो भने महासचिव चेत भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । अमेरिकन र नेपाली समुदायको वीचमा आपसी सम्बन्ध प्रगाढ पार्दै सामाजिक पक्षहरुको संरक्षण र प्रवद्धर्धन गर्ने मुल उद्देश्यकासाथ स्थापित मदरल्यान्ड नेपाल एक विशुद्ध गैरनाफामुखी सामाजिक संस्था हो । यसले गरिब विद्यार्थीहरुको लागि शिक्षा, द्वन्द पिडितहरुका लागि सहयोग तथा नेपालमा शान्ति कामय भई प्रजातन्त्रको जग वलियो होस भन्ने उद्देश्य लिएको छ ।
प्रकास बस्नेत को उद्घोषणबाट कार्यक्रम सुरु भएको थियो भने नारायन बस्नेत खाना तरफ बीजी थीय र टेस्ट ऑफ़ हिमालय को खाना ले बिदेसी र स्वदेसीको मन जित्न सफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

काठमाडौं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।