कसले कति शेयर निश्काषन गर्दैछन् ?

५ आश्विन २०६९, शुक्रबार १४:११ मा प्रकाशित

काठमाडौं, ५ असोज । कमर्ज एन्ड ट्रस्ट बैंक, मेगा बैंक, सिभिल बैंक र सेन्चुरी बैंकले चालू आर्थिक वर्षभित्रै साधारण सेयर निष्काशन गर्ने तयारी गरेका छन् । सिभिलले ८० करोड रुपियाँ बराबरको ८० करोड, कमर्ज एन्ड बैंकले ६० करोड रुपियाँ, मेगा बैंकले ३० करोड र सेन्चुरीले एक अर्ब रुपियाँ बराबरका साधारण सेयर निष्काशन गर्दै छन् । यसैगरी बाँकी ११ कम्पनीले पनि ७५ करोड ३० लाख ८६ हजार रुपियाँ बराबरको साधारण सेयर निष्काशन गर्दै छन् ।
सिभिलले ८० करोड रुपियाँ बराबरको सेयर मंसिरमा निकाल्ने गरी निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कमर्ज बैंकले पनि ६० करोड रुपियाँको सेयर निकाल्न बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । बैंकले मंसिरमा सेयर निकाल्ने तयारी गरिरहेको छ । तर, चारवटै बैंकले बोर्डमा अहिलेसम्म आवेदन दिएका छैनन् । त्यसैगरी, मेगाले चैतसम्म साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ । हाल सेयर बजारमा रिलायन्स फाइनान्स, इन्टरनेसनल डेभलपमेन्ट बैंक र काँक्रेबिहार डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा रहेको छ । बाँकी कम्पनीले भने धितो पत्र बोर्डमा सेयर निष्काशनका लागि निवेदन दिएका छन् । सिटी होम्स, राजधानी इन्भेस्टमेन्टबाहेक सबै विकास बंक र फाइनान्स कम्पनी छन् । यी कम्पनीले ७५ करोड ३० लाख ८६ हजार ६ सय रुपियाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति मागेका छन् ।
बोर्डसँग इन्भेस्टा फाइनान्सले एक करोड ६० लाख रुपियाँ, सिटी होम्स लिमिटेडले चार करोड ५० लाख, राजधानी इन्भेस्टमेन्ट फन्डले १२ करोड ३२ लाख, एनआइडिसी डेभलपमेन्ट बैंकले १८ करोड ४१ लाख ७६ हजार, मर्कन्टायल फाइनान्सले एक करोड ८० लाख, राइजिङ डेभलपमेन्ट बैंकले ६ करोड, स्वरोजगार लघुवित्त विकास बैंकले ४७ लाख १० हजार, जेविल्स फाइनान्सले नौ करोड ८० लाख र सिभिक डेभलपमेन्ट बैंकले एक करोड २० लाख रुपियाँको सेयर निष्काशनको अनुमति मागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका