धुलिखेलमा सुरक्षा बैठक

५ आश्विन २०६९, शुक्रबार १४:०२ मा प्रकाशित


काठमाडौं, ५ असोज । मुलुकको पछिल्लो सुरक्षा अवस्था र राजनीतिक गतिविधिका बारेमा छलफल गर्न बागमती अञ्चलका उच्च सुरक्षा प्रमुखहरुको बैठक शुक्रबार काभ्रे (धुलिखेल)मा शुरु भएको छ । जारी बैठकमा उप्रधानमन्त्री समेत रहेका गृहमन्त्री विजय गच्छेदार, गृह सचिव, बागमती अञ्चलका तीन वटै सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको बुझिएको छ ।
मुलुकको सुरक्षा अवस्था, भावी रणनीति तयार पार्नका लागि बैठक बोलाएको काभ्रेका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । बताइएअनुसार बैठकमा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, बनेपा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापका सुरक्षा निकायका प्रमुखहरु समेत सहभागी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

आजको प्रमुख समाचार