मैदान फर्किए विमल घर्तीमगर

१२ आश्विन २०७८, मंगलवार १६:४३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्रममा घुँडाको चोट बोकी कतार अस्पेटारमा उपचार गरेका विमल घर्तीमगर मैदान फर्किएका छन् । यसै हप्ता नेपाल फर्किएका विमल उमेर समूहको प्रशिक्षणमा फर्किएका हुन् । विमलले मंगलबारबाट प्रशिक्षण थालेका छन् ।

नेपाल यु-२३ टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विमल व्यक्तिगत प्रशिक्षणमा फर्किएको जानकारी दिए । ‘उ टोलीमा समावेश छैन । व्यक्तिगत प्रशिक्षणको लागि आएको हो,’ हाल एएफसी छनोटको लागि नेपाली टोली हेरिरहेका महर्जनले भने ।

यसअघि विमलले पुस पहिलो साता राष्ट्रिय टोलीको प्रशिक्षण क्रममा एन्टोरियल क्रुसियल लिगामेन्ट (एसिएल) को चोट बोकेपछि मैदान बाहिर रहँदै आएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार फुटबल संघसँग सहकार्य गर्दै विमलको अस्पेटार अस्पतालमा शल्यक्रिया गरेको थियो ।

कतारमै शल्यक्रियापछि रिह्याबमा रहेका विमल यसै साता नेपाल फर्किएका हुन् । विमलले सोमबारबाट व्यक्तिगत प्रशिक्षण सुरु गरेको बताए ।

प्रशिक्षक महर्जनले टिम डाक्टर र फिजियो निर्देशनअनुसार विमलले टोलीसँगै प्रशिक्षण गरिरहेको तर टोलीमा भने नरहने बताए । ‘फिजियो डक्टरको निर्देशनअनुसार प्रशिक्षण गरेको छ । हामीले सहयोग गरेका हौं । फिजिकल कन्ट्याक अनुसार एक्ससाइज गरेको छ । टिममा आउने अवस्था छैन,’ एन्फा एकेडेमीमा विमललाई प्रशिक्षण दिएका बालगोपालले भने ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ खेलपछि कतारमा छन् । उनको करार अवधि कार्तिक ५ गते सकिएको छ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।

काठमाडौं । स्कटल्यान्ड र बंगलादेश टी-२० क्रिकेट विश्वकपको सुपर १२ मा प्रवेश गरेका छन् । बिहीबार भएका छुट्टाछुट्टै खेलमा विजयी

काठमाडौं । छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः एक पटक ‘एएफसी यू- २३ एसियन कप २०२२