नवजोत सिंह सिद्धुले दिए पञ्जाब कांग्रेस अध्यक्षको पदबाट राजीनामा

१२ आश्विन २०७८, मंगलवार १६:४० मा प्रकाशित

काठमाडौं ।नवाजोत सिंह सिद्धुले पञ्जाब कांग्रेस कमेटीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनी पञ्जाब मन्त्रीमण्डल गठनका कारण रिसाइरहेका थिए । सिद्धुले कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई आफ्नो राजीनामाको चिट्ठी पठाएका छन् ।

आफ्नो राजीनामामा सिद्धूले लेखे, ‘पञ्जाबको भविष्यसँग सम्झौता गर्न सक्दिनँ । सम्झौता गर्दा मानिसहरुको चरित्र खराब हुन्छ । म कांग्रेसका लागि काम गरिरहनेछु ।’ सिद्धुलाई १८ जुलाईमा पञ्जाब कांग्रेसका अध्यक्ष बनाइएको थियो । वजोत सिंह सिद्धुको अगुवाईमा पंजाब कांग्रेसमा भएको विद्रोहको नतिजाको रुपमा १८ सेप्टेम्बरलाई क्याप्टेन अमरिन्दर सिंहले मुख्यमन्त्रीको कुर्सी छोड्नुपरेको थियो ।

त्यसपछि २० सेप्टेम्बरमा चरणजीत सिंह चन्नीलाई राज्यको नयाँ मुख्यमन्त्री बनाइएको थियो । यद्यपि, उनको मन्त्रीमण्डलमा आफ्नो विचारलाई महत्व नदिएको भन्दै नवजोत सिंह सिद्धु रिसाइरहेको बताइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । तालिवानले अफगानिस्तानकी एक महिला भलिबल खेलाडीको टाउको काटेर उनको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेको छ । काबुल नगरपालिका

सुभा । फिजीमा शुक्रबार नयाँ राष्ट्रपति चयन गरिएको छ । फिजीको संसदले रातु विलियम कातोनिभेरेलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताईवानमाथि हमला गरे अमेरिकाले उसको रक्षा गर्ने चेतावनी दिएका छन् । ‘चीनले ताईवानमाथि

लण्डन । बेलायती महारानी एलिजाबेथ अस्पतालमा एक रात बिताएर काममा फर्केकी छन् । महारानीको स्वास्थ्यमा समस्या देखिएपछि उत्तरी आयरल्याण्डको लागि