नेपालमा आज कोरोना संक्रमणभन्दा निको हुनेको संख्या धेरै, १२को मृत्यु

१२ आश्विन २०७८, मंगलवार १६:३२ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ६७२ र एन्टिजेन विधिबाट २ हजार ३३१ जनामा परिक्षण गर्दा १ हजार १५८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९३ हजार २७१ र एन्टिजेनबाट ९१ हजार १०८ जना पुगेको छ ।

यस्तै, आज थप १३१८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६३ हजार ७३४ जना पुगेको छ । निको हुने दर ९६.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ११५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

काठमाडौं । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढी पसेर बन्द भएको विमानस्थल दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्